तीजको लहर आयो वरिलै! बार्सिलोनामा सेप्टेम्बर ९ तारिख


बार्सिलोना l स्पेनको बार्सिलोनामा हरेक बर्ष जस्तै यसपटक पनि तीज बिशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। आगामी  सेप्टेम्बर ९ तारिख आईतबार कलाकारहरुको प्रस्तुतिसँगै कार्यक्रम हुन लागेको हो। प्रबासी नेपाली मञ्च स्पेनले हरेक बर्ष कार्यक्रम आयोजना गर्दै आएको थियो। तर एमाले र माओवादी बीच भएको पार्टी एकीकरण पछि प्रबासी नेपाली मञ्च स्पेन र जनप्रगतिशील मञ्च स्पेन संयुक्त रुपमा पहिलो पटक कार्यक्रमको आयोजना गर्दैछन्।

हाम्रो कला, संस्कृति तथा परम्परालाई सधै उच्चस्थानमा राखेर सगौरव मनाउनु र कामय राख्नु सबैको कर्तब्य भन्दै आयोजकले स्पेनबासी नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरेको छ। यसपटकको कार्यक्रममा कलाकार रिता केसीसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताईएको छ।

कार्यक्रमबारे बिबरण

मिति :- ०९ सेप्टेम्बर २०१८
समय :– दिउँसो ३ बजे ब
स्थान :– CALLE SICILIA 321, METRO L 4  JONIC , L 2 / 5 SAGARADA FAMILIA , L 4 / 5 VERDAGUER
आयोजक :- प्रवासी नेपाली मञ्च, स्पेन/नेपाली जनप्रगतिशील मञ्च, स्पेन