‘खबर हराएको चिठी’ मञ्चनको तयारी पुरा


राजाराम पौडेल, पोखरा – भाद्र ८ गते शुक्रबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने नाटक ‘खबर हराएको चिठी’ मञ्चन तयारी पुरा भएको छ । नाटक भाद्र १० गते सम्म मञ्चन हुनेछ । हरेक दिन ५ बजे सहित शनिबार १ बजे अतिरिक्त सो समेत हुनेछ । मण्डला थिएटर नेपाल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन गर्न लागिएको हो । नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको पोखरा थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले बताए ।

द्धन्द्धको समयमा बेपत्ता पारिएका नागरिकको परिवारको समस्या बारेको कथाको नाटकमा नेपालका विभिन्न ठाउँका कलाकारको अभिनय हेर्न पाइनेछ । नाटकमा किरण चाम्लिङ राई, चेतन आङथुपो, आकाक्षा कार्की, रेनुका कार्की, पशुपती राई, परिवर्तन, श्रकर रिजाल, सुदाम सिकेको साथमा पोखरा थिएटरका कलाकारको अभिनय रहनेछ । सिजन दाहाल र केदार श्रेष्ठको आलेख, बिमल सुवेदीको सहजिकरण र राजन खतीवडाको संयोजनमा नाटक तयार भएको हो । ध्वनीमा सोनाम लामा र बारात लिम्बुले सघाउनेछन् ।


प्रयोगात्मक नाटक भएकोले पोखरेली दर्शकले यसबाट फरकपनको महशुस गर्नेछन् । मण्डला थिएटर नेपालको आयोजनामा भएको युवा निर्देशक कार्यशालामा सहभागी भएका निर्देशकले यो नाटकलाई उत्कृष्ट बनाउन मेहनत गरेका छन् । कार्यशालामा देशभरबाट १४ जना निर्देशकले सहभागीता जनाएका थिए । पोखरा पश्चात यो नाटकलाई बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मञ्डला थिएटर काठमाण्डौमा मञ्चन गरिने नाट्यकर्मी सोमनाथ खनालले जनाए ।