बार्सिलोनामा गायक मिलन लामासँगै डिनरको मज्जा


बार्सिलोना। चर्चित लोक दोहोरी गायक मिलन लामाले बार्सिलोनामा सांगीतिक प्रस्तुति राख्ने भएका छन्। बार्सिलोना स्थित गान्धी रेष्टुरेन्टमा गायक लामाले प्रस्तुति राख्न लागेका हुन्। एनआरएनए स्पेनका सचिव तथा रेष्टुरेन्ट संचालक दिनेश गिरीका अनुसार आगामी आईतबार साँझ कार्यक्रमको आयोजना गरिएको छ।

गायक लामाले यस अघि ईटाली,पोर्चुगल लगायत युरोपेली मुलुकहरुमा आफ्नो प्रस्तुति राखिसकेका छन्। उनका माझी दाई पोखरा फेवातालको, घरमा पराल बारीमा बन्सो लगायत दर्जन बढी लोक तथा दोहोरी गीतहरू चर्चित छन्।

कार्यक्रम बारे बिबरण

मिति:- २६ अगष्ट आईतबार

स्थान:- गान्धी रेष्टुरेन्ट Balmes, 21, 08007 Barcelona

समय:- 7PM-11PM

शुल्क:- २० युरो ( डिनर सहित)