सिर्जना चौतारीद्धारा सेतोछडी र ह्विल चियर वितरण


राजाराम पौडेल पोखरा – लायन्स क्लब अफ पोखरा सिर्जनाचौतारीले सातौ चार्टड नाइटको अवसरमा सेतो छडी र ह्विल चियर वितरण कार्यक्रम सम्पन्न गरेको छ । पोखराको साइमन पार्टी प्यालेस सिर्जनाचोकमा आयोजित कार्यक्रममा ३ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विल चियर तथा १० जना दृष्टिविहिनलाई सेतो छडी वितरण गरिएको हो । कार्यक्रममा बोल्दै पुर्व मल्टिपल चियर पर्सन दिपक श्रेष्ठले पोखरा सिर्जना चौतारीले सामाजिक क्षेत्रमा देखाएको क्रियाशिलताप्रति खुशी व्यक्त गरे । लायन्सको मर्मअनुसार अपाङ्गता भएका व्यक्ति र दृष्टिविहिनलाई सहयोग गरेको भन्दै उनले निरन्तर सामाजिक कार्यमा सक्रिय हुनुपर्नेमा जोड दिए ।


लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जीत बहादुर थापा गोपालको अध्यक्षतामा भएको कार्यक्रममा पिएमसिसि प्रेम बहादुर श्रेष्ठ, वडा कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक नविन कार्की, डिष्ट्रिक एन एल एफ चिफ कोडिनेटर मिलन थापा, जिएमटी कोडिनेटर सुर्यनाथ कोइराला, पिआरओ बाबुराम गिरी, रिजन चियर पर्सन विधाता द्धा, जोन चियर पर्सन सन्तोष घिमिरे र दुर्गा कुमारी आचार्य, क्लबका संस्थापक अध्यक्ष बालकृष्ण बराल, पुर्व अध्यक्ष बसन्त गिरी, डिस्ट्रिक कमिटि मेम्बर सिता पहारी, लायन्स क्लब अफ पोखरा युनिटि चौतारीका अध्यक्ष राजकुमारी थापा, सिर्जना चौतारीका सचिव जनक कार्की लगायतले बोलेका थिए ।
चार्टड नाइटको अवसरमा संस्थापक अध्यक्ष बालकृष्ण बराल, पुर्व अध्यक्ष विना गुरुङ, वर्तमान सचिव जनक कार्की, कोषाध्यक्ष कोशिला गुरुङ लगायतलाई दोसल्ला र सम्मनपत्रले सम्मान समेत गरिएको क्लब अध्यक्ष जीत बहादुर थापा गोपाले जानकारी दिए ।