इनास साझमा रमाए, डेनमार्कबासी नेपाली


  •  महेशकुमार खाती

कोपनहेगन । समर सिजनले कोल्टे फेर्नै अाट्दा केहि चिसो बढ्दो छ । शनिबारको साझ कोपनहेगमा सिमसिमे पानी पर्न थाल्दै थियो । नेपालीहरुको बिभिन्न समुहहरु भने सास्कृतिक साझमा रमाउन भनेर निस्कदै थियो । यता नेपाली समुदायलाई भरपुर मनोरन्जन प्रदान गर्न भन्दै कलाकारको टोली पनि तयारीमै जुटेको थियो । जहा नेपालमै रहेको अनुभुति गराए कलाकारहरुले, गीत, नाच तथा बिभिन्न प्रस्तुती मार्फत । नेपाली समुदाय पनि मज्जैले झुमे ।

यस्तो मेसो जुराएको थियो अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ डेनमार्कले । डेनमार्कमा इनास स्थापनाको ५ औ बार्षिकोत्सबको अबसरमा सास्कृतिक कार्यक्रम भएको हो । जहा गीत गायन तथा नृत्यमा भर्खरै प्रवेश गरेका देखि लिएर बर्षौसम्म यहि क्षेत्रमा लागेका दर्जनौ कलाकारले प्रस्तुती दिए । नेपालीहरुको पनि बाक्लै उपस्थिती थियो । जसले कलाकार तथा आयोजकलाई हौसायो ।५ औ बार्षिकोत्सबको अवसरमा साझ ५:३० बाट शुरुमा छोटो शुभकामना आदानप्रदानबाट शुरु भएको कार्यक्रम नृत्य, गायन तथा बिभिन्न प्रस्तुतीसङ्गै सकिएको थियो । नेपाली दुताबासका मिनिस्टरी काउन्सिलर डोरनाथ अर्याल, एनआरएन डेनमार्कका अध्यक्ष यमलाल सुवेदी, प्रवासी नेपाली मन्च डेनमार्कका अध्यक्ष शिव चापागाई, नेपाली जनसम्पर्क समितिका सभापति बिरेन्द्रसिङ कार्की, नेपाली जनप्रगतिशील मन्चका महासचिब महेशकुमार खाती, विबेकशिल साझा सद्भभावका सयोजक प्रभात किरण, क्रियटिभ युमनका अध्यक्ष ईन्दिरा तिवारी र इनासका सल्लाहकार नविन आचार्यले शुभकामना मन्तब्य राखेसङ्गै सास्कृतिक कार्यक्रम शुरु भएको थियो ।औपचारिक कार्यक्रम इनासका अध्यक्ष सन्तकुमार थापा मगरको अध्यक्षता र महासचिव कृष्ण सुवेदीको सन्चालनमा सम्पन्न भएको थियो । प्रज्ञा चौधरीको नृत्यबाट शुरु भएको रमाइलो कार्यक्रममा बिभिन्न प्रकारका नाच, गायन, र्याप तथा बिभिन्न प्रस्तुती रहे । राजमान तामाङ, कुशुम दाहाल, सन्तोष लामिछाने, सामिना थापा, बिक्रम तामाङ, सोवु केसी, रोविन दाहाल, विनी पोख्रेल, हरि न्यौपाने लगायतले गीत गाएर मनोरन्जन प्रदान गरे ।

इनासका अध्यक्ष समेत रहेका सन्तकुमार थापा मगर र मल्लिका प्रधानको जोडदार नृत्यदेखि नया पुराना कलाकारको प्रस्तुती भब्य रह्यो । बिजय लामाको र्याप, शास्वत रानाको फ्रि स्टाईल फुलवल, बिशेस रानाको र्याप नृत्य, प्रज्ञा चौधरी र नविन चौधरी वुवा छोरीको नृत्य, आयुमा, आयुश, लुनी, बिधुसी, रतिका, आरती र पृया को लुकी लुकी बोलको गीतमा रहेको समुह नृत्य, रविन, बबिन, कृष, कृष्टियन र कृतीको समुह नृत्य उत्कृष्ट रह्यो ।

आँचल सापकोटा, नताशा शेर्पाको समुहको डान्स, अनुपा गौतम र स्नेहा पौडेलको नृत्य, रोशनी तामाङ, शुस्मिता मैनाली, ऊपमा श्रेष्ठ, साधना लामिछाने र बिक्रम तामाङ, एस के बोम्जन र शिश्किता श्रेष्ठले मनोरन्जन प्रदान गरे । कार्यक्रमको सन्चालन देवश्री कोईराला र सन्तोष लामीछानेले गरेका थिए ।