गुप्तेश्वर क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजनामा गुणस्तरीय शिक्षाका लागि अपनाउनु पर्ने विधि विषयमा १ दिने अन्तरक्रिया कार्यक्रमको सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्याम्पसका स्रोत विद्यालयका रुपमा रहेका विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरु सहित १० विद्यालयको प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा क्याम्पसका शैक्षिक गतिविधि क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी गराउँदै स्नातक तहमा वी.वी.एस. र वी.एड. कार्यक्रममा अध्यापन विधि, नतिजा, छात्रवृत्ति एवं भर्ना प्रकृयाको वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा फिस्टेल एकेडेमीका चिनु रानाभाट, छोरेपाटन मा.विका बद्रीनाथ पहारी, भविष्य निर्माण मा.विका राजेन्द्र सापकोटा, शुक्रराज मा.विका चन्द्रप्रकास पौडेल, जनचेतन मा.विका शिवदत्त अधिकारी, एक्सआर्मी पब्लिक मा.विका मोहनलाल पौडेल, पार्दी मा.विका विष्णुप्रसाद बरालले क्याम्पसको सवल पक्ष र सुधारका पक्षहरु केलाउदै प्रोत्साहन एवं सुझाव प्रदान गरेका थिए ।

प्रचार प्रसार उप समितिका संयोजक युवराज लामिछानेको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ बरालले गरेका थिए भने स्वागत मन्तव्य शिक्षिका जमुना अर्यालले गरेकी थिइन ।