पोखरामा माईकल ज्याक्सनलाई सम्झिदै


राजाराम पौडेल,पोखरा – पप गायक माईकल ज्याक्सनको जन्मोत्सव पोखरामा मनाइने भएको छ । माईकल ज्याक्सन मेमोरियल फ्यान क्लब तथा हिल द वल्ड ट्रष्ट नेपालको आयोजनामा माइकल ज्याक्सनको सम्झना गर्दै च्यारिटी सो गरिने भएको हो । फ्युल बार एण्ड ग्रिल लेकसाइडमा भाद्र १३ गते बुधबार आयोजना हुने कार्यक्रममा संगीतको तालमा रम्न पाइनेछ । कार्यक्रमबाट आम्दानी भएको रकम मुस्ताङको एक स्कुलको लागि खर्च गरिनेछ । साँझ ६ बजेबाट सुरु हुने कार्यक्रममा द वेभ व्याण्ड को प्रस्तुती रहनेछ । साथमा गीत, विवेक र वर्षाको नृत्य तथा डिजे टोनी लगायतको प्रस्तुतीमा रमाउने अवसर तहाँ मिल्नेछ ।


कार्यक्रममा सहभागी हुन २ सय र पाँच सयको टिकट काट्नुपर्नेहुन्छ । पप किङ माईकल ज्याक्सनलाई सम्झने साथमा तहाँबाट प्प्त हुने आम्दानीबाट विद्यालयलाई सहयोग गरिने भएकोले कार्यक्रममा सहभागी हुनका लागि आयोजकले सबैमा आग्रह गरेका छन् ।


सन १९५८ अगस्ट २९ मा अमेरिकाको इन्डियानामा ज्याक्सन परिवारको सातौ सन्तानका रूपमा जन्मेका माईकल ज्याक्सनको पुरा नाम माईकल जोसेफ ज्याक्शन हो । उनकरो ५१ वर्षका उमेरमा रहस्यमय ढंगले मृत्यु भएको थियो । ११ वर्षकै उमेरबाट संगीत क्षेत्रमा लागेका ज्याक्सनले १३ वर्षको उमेरमा पहिलो पटक आफ्नो सोला एल्बम निकालेका थिए ।
माइकल ज्याक्सनका अफ द वाल, थ्रिलर, ब्याड, डेन्जरस, हिस्ट्री एल्बमम हाल सम्मकै सबैभन्दा बढी बिक्री भएका एल्बम हुन् । ज्याक्सनको रोबोर्ट डान्स र मूनवाक डान्सले सबैलाई आर्कषित गथ्र्यो । उनी मृत्यु पछि पनि धन कमाउने ब्यक्तिमा दोस्रो स्थानमा छन् । डान्सर र गायक दुबै क्षेत्रमा उनी सफल थिए । उनका फ्यानहरु विश्वभरनै छरिएर रहेका छन् । उनीहरुले विभिन्न कायृक्रमको आयोजना गरी ज्याक्सनलाई सम्झने मात्र नभएर उनले अगांलेको संगीत र नृत्यको नयाँ प्रयोगलाई फलोअप गरिरहेका छन् ।