पोखरा सिर्जना चौतारीको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन


 राजाराम पाैडेल, पोखरा – लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले मंगलबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ । क्लबले आफ्नो नियमित कार्यक्रम अन्र्तगत पोखराको सिर्जनाचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै पिएमसिसि प्रेमबहादुर श्रेष्ठले पोखरामा रगतको अभाव भइरहेको समयमा लायन्स क्लब पोखरा सिर्जना चौतारीले रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । लायन्स क्लब सामाजिक क्षेत्रमा क्रियाशील बन्दै निरन्तर अगाडी बढ्नुपर्ने उनको भनाइ थियो ।


लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जीत बहादुर थापा गोपालको अध्यक्षतामा भएको कार्यक्रममा डिसष्ट्रिक सचिव रामबहादुर बसेल, पोखरा सिर्जना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल, जोन चियर पर्सन सन्तोष घिमिरे र दुर्गा कुमारी आचार्य, कार्यक्रम संयोजक जनक पराजुली, प्रथम उपाध्यक्ष जिवन गोर्खाली, सचिव जनक कार्की लगायतले रक्तदान कार्यक्रमको बारेमा भनाइ राखे । कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।