पोखरा लर्नसमा सम्मान कार्यक्रम


पोखरा – पोखरा ७ माछापुच्छ«े मार्गमा रहेको पोखरा लर्नस एकेडेमीमा सम्मान कार्यक्रम आयोजना गरियो । लिटिल स्टेप मावीद्धारा आयोजित १२ वर्ष मुनिको छात्रा ह्याण्डबल प्रतियोगीतामा तृतिय हुन सफल विद्यार्थी तथा प्रशिक्षकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । उनीहरुलाई विद्यालयका प्राचार्य विधान गौतमले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । विद्यार्थी मेहनतका कारण यो सम्भव भएको भन्दै आगामी दिनमा पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन विद्यालयको साथ रहने बताए । निरन्तर आत्मविश्वासका साथ मेहनत गरे सफलता मिल्ने उनको भनाइ थियो । कार्यक्रममा जित १२ वर्ष मुनिको छात्रा ह्याण्डबल प्रतियोगीतामा सहभागी विद्यार्थी, प्रशिक्षक कृष्ण प्रसाद लम्साल, विक्रम श्रेष्ठलाई सम्मान तथा पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक शिव सुनार परियारले जनाए ।