म्याड्रिडमा मोती जयन्ती सहित तीज कार्यक्रम सम्पन्न


म्याड्रिड। अन्तर्राष्ट्रिय  नेपाली साहित्य समाज स्पेन च्याप्टरले म्याड्रिडमा १५३ अौँ मोती जयन्ती तथा तीज कार्यक्रम आईतबार सम्पन्न गरेको छ। कार्यक्रममा साहित्यिक रचना वाचन सहित मोतीको सम्झना गरिएको थियो।

संस्थाका संरक्षक रामकृष्ण पुडासैनीले एक सशक्त नारीवादी कविता प्रस्तुत गरे। उनको कवितामा एकले अर्कोलाई सम्मान गर्न सके नारी नारीबीच वैमनस्यता हट्ने कुराको सन्देश रहेको थियो।
स्पेन च्याप्टर अध्यक्ष शारदा पौडेल( सापकोटा ) ले गजल,लघुकथा तथा कविता वाचन गरिन् भने प्रमुख अतिथि एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक एकराज गिरीले मोतीराम  भट्टको चर्चा गर्दै मोति जयन्तिको महत्वको बारे चर्चा गरे।

म्याड्रिड स्थित संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा तीज गीत समेत प्रस्तुत गरिएको थियो।