फेवा वेगनासको रक्तदानमा ५१ युनिट रगत संकलन


पोखरा – लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी तथा लायन्स क्लब अफ तनहुँ खैरनीटारको आयोजनामा शनिबार क्तदान कार्यक्रम आयोजना भयो । उक्त्त रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको जोन चियर पर्सन सन्तोष घिमिरेले जानकारी दिए ।

पूर्व मल्टिपल काउन्सिल चियरपर्सन प्रेमबहादुर श्रेष्ठको प्रमुख आथित्यतामा भएको रक्तदान कार्यक्रममा बोल्दै उनले रगतको अभाव भइरहेको समयमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । दुवै लायन्स क्लब सामाजिक क्षेत्रमा क्रियाशील बन्दै निरन्तर अगाडी बढ्नुपर्नेमा उनको जोड थियो ।


लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतमको अध्यक्षतामा शुक्लागण्डकी नगरपालिका वडा नं. ७ खैरनीटारमा आयोजित रक्तदान कार्यक्रममा डिष्ट्रिक एडभाइजर सुदिपराज ढुङ्गाना, जोन चियर पर्सन सन्तोष घिमिरे, डिष्ट्रिक मेम्बर पुरुषोत्तमराज भण्डारी, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जीत बहादुर थापा गोपाल, कार्यक्रम संयोजक शंकर पाण्डे र अमृत कायस्थ, लायन्स क्लब अफ तनहुँ खैरनीटारका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, प्रथम उपाध्यक्ष सुजित हिराचन, सचिव प्रमोद लामिछाने, शुक्ला गण्डकी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्ण बहादुर पौडेल, तनहँ उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष हरिकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष हरि बहादुर थापा, युनिटि चौतारीका अध्यक्ष राजकुमारी थापाm दुलेगौडा खैरेनी सिटीका अध्यक्ष हरि खड्का लगायतले रक्तदान कार्यक्रमको बारेमा बोलेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले प्राविधिक सहयोग गरेको थियो ।