कोपनहेगनमा तीजको रहर आयो बरिलै…


महेशकुमार खाती ०२ सेप्टेम्वर, कोपनहेगन ।

तीजको रहर आयो बरिलै…. यो गित सुन्दासाथ नेपालीहरुको एक विशेष पर्व तीज एक्कासि मनमा आइहाल्छ । यस्तो लाग्छ तीज र यो गित एकअर्काका परिपुरक हुन् । हो यहि तीज गित शनिबारको साझ कोपनहेगनमा जब घन्कियो, तब हलभरिका दिदीबहिनी छमछमि नाच्न थाले । साना नानीदेखि लिएर पाका उमेरका पनि ननाचि सुख पाएनन् । दुधे सन्तानलाई काखि च्यापेर पनि नाच्न कस्सिए । रातैराता पहिरनमा सजिएका महिलाहरुको भीडले हल खचाखच थियो ।

केहि महिलाहरुले गीत गाउदै पीर ब्यथा पनि सुनाए । भने कतिले एकल र सामुहिक नाच देखाए । जहा कति महिलाहरु तीज लगायत अन्य गितमा धोका फेरेर नाचे । माइतिको आगन तथा जन्मे हुर्केको आफ्नै गाउमा झै कम्मर मर्काई मर्काई नाचिरहेका थिए । तर, त्यो ठाउ परिचित थलो नभएर विदेशी भुमी थियो । सबै चिजलाई केहि समय भुलेका उनीहरुको मुहारमा खुसी छाएको थियो । कामको व्यस्तता, कतिपयको बालबच्चा परिवार, अध्ययन तथा समय व्यवस्थापन लगायत बिबिध समस्या मिलाउदै तीज पर्वमा रमाउन कोपनहेगनका नेपाली महिला भेला भएका थिए । तीज नजिकिदै जादा उनीहरु यसरी जुटेका हुन् । जसको मेलोमेसो जुराएको थियो क्रियटिभ नेप्लिज वमन इन डेनमार्कले । नया र पुरानो पुस्ता तथा आधुनिक र परम्परागत पोशाकको फ्युजन गरेर गरिएको तीज बिशेष कार्यक्रमको नाम ‘रेट्रो – झल्को पुरानो’ दिइएको थियो । त्यसो त क्रियटिभले हरेक कार्यक्रम भिन्न र फरक शैलीमा गर्ने गरेको छ । तीज बिशेष कार्यक्रममा रेट्रो – झल्को पुरानो सङ्गित, फेसन सो, परम्परागत सास्कृतिक सो, एकल र सामुहिक गायन तथा दर लगायत समाबेस गरिएको थियो ।

क्रियटिभ नेप्लिज वमन इन डेनमार्कका अध्यक्ष इन्दिरा तिवारीले प्रदेशमा भएपनि दिदीबहिनीलाई भेला गरि तीज मनाऔ भनेर कार्यक्रम गरिएको बताइन । सो सस्थाले केहि वर्षदेखि यसरी नै तिज मनाउदै आएको छ । कार्यक्रममा सहभागी दिदीबहिनीलाई थप खुसी बनाउन डेनमार्कका लागि नेपाली राजदुत युवनाथ लम्साल पनि पुगेका थिए । उनले जहा रहे पनि नेपाली कला, सस्कार सस्कृतिको सरक्षण तथा विकास गर्नुपर्नेमा जोड दिए । सास्कृतिक कार्यक्रममा इनास, क्रियटिभ तथा अन्य कलाकारले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा डेनमार्कस्थित बिभिन्न सङ्घ सस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । न्युनतम प्रवेश शुल्कबाट सङ्कलन भएको रकमबाट खर्च कटाएर बाकि रकम नेपालका असाहाय बालबालिका र बृद्धबृद्धाको लागि सहयोग गरिने सस्थाले जनाएको छ । ‘हामीले न्युनतम प्रवेश शुल्क उठाएका छौ, खर्च कटाएर बाकि रकम नेपालका असाहाय बालबालिका र बृद्धबृद्धाको लागि सहयोग गर्ने कार्यमा लगाउछौ ।’ अध्यक्ष तिवारीले भनिन । अन्तराष्टिृय महिला दिवस लगायतमा क्रियटिभले प्रेरणामुलक तथा फरक प्रकृतिका कार्यक्रम गर्दै आएको छ ।