कर्मफ्लाईट्सको चौथो वार्षिक साधारण सभा सम्पन्न


पोखरा । “हामी उड्ने क्षेत्रको बालबालिकाको शिक्षामा सहयोग गरौ” भन्ने उद्देश्यका साथ स्थापित कर्म फ्लाईट्स फाउण्डेशन नेपाल कास्कीको चौथो वार्षिक साधारण सभा हालै पोखरामा सम्पन्न भएको छ।

प्रमुख अतिथिको मन्तव्य दिदै महिला सशक्तिकरण नेपाल (इडब्लुएन) का संस्थापक अध्यक्ष थ्रि सिस्टर्स एडभेन्चर्सका प्रोपाईटर लक्की कार्कीले तालबाराहि माविमा कक्षा ११ मा अध्ययनरत छात्रा सीता विकलाई ५ हजार रुपैया हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै कार्कीले छोटो अवधि मै संस्थाले आफुले सोचे भन्दा धेरै राम्रो गुणात्मक तथा मात्रात्मक सामाजिक काम गर्न सफल भएकोमा बधाई दिदै आगामी दिनमा सहकार्य गरेर काम गर्न ईच्छुक रहेको बताउदै हावामा कावा खाने पाइलट समुदायले समाजमा पनि योगदान दिएको भनेर संचालित अभियानको सह्राना गरिन ।

कार्यक्रममा सन्चो मेडिकल क्लिनिकका डाईरेक्टर कृष्णप्रसाद पाण्डे, प्याराग्लाईडिङ्ग पाईलट क्लबका अध्यक्ष कृष्ण अधिकारी, अम्बिका ममता युवा क्लबका अध्यक्ष रमेश थापा, एन्फोस्र्ड फाउण्डेशन कास्कीका प्रतिनिधि कुलप्रसाद अधिकारी, सृजनशिल दिदीबहिनी समुह सेदीकी अध्यक्ष विष्णुमाया राई, बंगलादी टोलविकास संस्थाका अध्यक्ष बलबहादुर थापा, बंगलादी सहकारी संस्थाका अध्यक्ष पुर्णाखर सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा फाउण्डेशन फर नेप्लिज ब्लाईण्ड स्टुडेण्टका ( एफएनविएस) संस्थापक शिवलाल धितालले कर्मफ्लाईट्स संस्थाले भुकम्प अगाडी र भुकम्प पश्चात शिक्षा, स्वास्थ्य तथा मानविय कार्यमा ठुलो योगदान दिएको वताउँदै खास गरी भुकम्पको केन्द्र विन्दु आसपासका आहात जनतालाई तत्काल राहात, उद्दार तथा पुनःस्थापना कार्यमा जुटेर काम गरेको कुरा ती ठाँउका जनताको मानस पटलमा ताजै रहेको आफुले पाएको र भुकम्पको पुनर्लाभ कार्य अन्र्तगत पुन निर्माण तथा शैक्षिक विकासमा नाम अनुसारको काम गर्न सकेकोमा खुशीव्यक्त गरे ।

वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष प्रेमबहादुर कुँवरले भुकम्प पश्चात संस्थाले राहात तथा उद्दारको कार्य तदारmकताको साथ सम्पन्न गरेको र पुननिर्माण तथा दिर्घकालिन रिकभरी परियोजना अन्र्तगत ३० वटा विद्यालयहरmमा एक विद्यालय एक पुस्तकालय कार्यक्रम, ३ वटा विद्यालयहरmको पुननिर्माण तथा ३ वटा विद्यालय भवन निर्माण, ५ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम, हरेक वर्ष १५० जना विद्यार्थीलाई किनसिप स्कलरसिप छात्रवृत्ति, ५ वटा विद्यालयमा कम्प्युटर ल्याव स्थापना तथा शिक्षकहरmलाई डिजिटल लिटरेसी तालिम, शिक्षक पुनर्ताजकिकरण तालिम, जिविको पार्जनकालागि बाख्रा पालन कार्यक्रम,

अशक्त तथा अतिविपन्न विरामीहरmलाई क्रिटिकल केयर फण्ड जुटाई स्वास्थ्य उपचार गरेको तथा त्यस्ता ठाँउहरmमा विशेषज्ञ टोली सहितको निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण लगायत गोरखाको विकट उत्तरी क्षेत्रका विद्यालयमा अध्ययन गर्ने ५ हजार विद्यार्थीहरmलाई न्यानो ज्याकेट वितरण कार्यक्रम सम्पन्न गरिसकेको संस्थाले आगामी दिनमा यस्तै सामाजिक कार्यहरmको निरन्तरता दिन विभिन्न व्यवसायीक कम्पनी, स्वदेशी तथा विदेशी दातृ निकायहरmसँग समन्वय तथा सहकार्य गर्दै लक्षित समुदायको आवश्यकता पहिचान गरि काम गर्ने बताए ।

विगत सन् २०११ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ्ग पाईलटहरmको ऐक्यवद्दतामा र स्थानिय शिक्षा प्रेमीहरmको अगुवाईमा स्थापित शैक्षिक सामाजिक संस्था पोखरामा सन २०१५ सालमा विधिवत रmपमा विभिन्न सामाजिक उत्तर दायित्व बहन गर्दै आईरहेको कुरा संस्थाका सचिव लक्ष्मणबहादुर थापाले बताए ।

संस्थाका अध्यक्ष प्रेमबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भुपालसिं गुरुङले र संचालन सचिव लक्ष्मणबहादुर थापाले गरेका थिए ।