पेरिसमा तीज


प्रकाश सापकोटा,पेरिस

एन.आर.एन ए फ्रान्सको अायोजनामा  पेरिसमा तीज धमाका कार्यक्रम सम्पन्न भएको छ। ख्यातीप्राप्त नेपाली कलाकारहरुको उपस्थितमा आईतबार कार्यक्रम सम्पन्न भएको हो।  गायिका नलिना चित्रकारको “पानी पानी भयो मेरो मन पनि“ गीतबाट सुरु भएको सांकृतिक कार्यक्रम, रिता केसीको “बम बम भोले” हुदै मिलन लामाको “माझीदाई पोखरा फेवातालको” गीत सम्म आउदा दर्शकहरु पुरै जोशका साथ उफ्रीए। गायीका केसीले आफ्ना तीजे भाकाहरु सुनाएर दिदिबहिनिहरुलाई छमछमी नचाईन्।

फ्रान्समा रहेका नेपाली महिला दिदी बहिनिहरुलाई निशुल्क तीजको दर खुवाउने, नेपालको झल्को मेटाउने, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र  नेपाली परम्परालाई आत्मसाथ साथ गर्दै समाजमा एकता, भातृत्व र सदभावलाइ निरन्तरता दिने उद्देस्यले कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ। 

कार्यक्रमको सभापतित्व एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले गरेका थिए भने प्रमुख अतिथिमा फ्रान्सस्थित राजदूत अम्बिका देवी लुइँटेल थिइन। संघका पुर्व तथा बर्तमान पदाधिकारीहरु, अन्य संघ संस्थाका पदाधिकारीहरुको पनि कार्यक्रममा उपस्तिथि रह्यो। महिला दिदिबहिनीहरुको बढी बाहुल्यता रहेको उक्त कार्यक्रममा पुरुषहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।