मेघा एफएमको तीज गीत प्रतियोगिता, पत्रकार नेपाललाई सम्मान गरिने


भदौ २१, पोखरा । महिलाहरुको महान पर्व हरितालिका तिज अवसरमा मेघा एफएम ९५.४ मेगाहर्ज, पोखराले भदौ २३ गते शनिबार आयोजना गर्न लागेको ‘मेघा खुला तीज गीत प्रतियोगिता’ को तयारी पूरा भएको जनाएको छ ।

मौलिक संस्कृतिको संरक्षण र जगेर्ना गर्दै आएको एफएमले तीज अवसरमा सो प्रतियोगिता गर्न लागेको एफएमका प्रबन्ध निर्देशक देशभक्त सिंह कुँवरले जानकारी दिए ।

बास्तोलाथरस्थित सहयात्री पार्टी प्यालेसमा सो प्रतियोगितामा हुने सो प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ६ हजार साथमा प्रमाणपत्र रहेको छ । उत्कृष्ट नृत्य तथा उत्कृष्ट भेषभूषालाई समेत आकर्षक पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक ऋषिराम दाहालले जानकारी दिए ।

प्रतियोगितामा भाग लिने टिमले कुनै शुल्क तिर्नु पर्दैन । सो अवसरमा पत्रकार विजय नेपाललाई सम्मान गरिने छ ।

वरिष्ठ गायिका बाबा राणाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा गायक कुमार पुन, सीता केसी, रामजी पौडेल, माया गुरुङ, सुरेन्द्र गुरुङ, नेत्र खड्का आदि कलाकारको बेजोड प्रस्तुति समेत रहने छ ।