अमले सहकारीद्धारा विमल अधिकारी सम्मानित


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको अमले वचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभाको अवसरमा विमल अधिकारीलाई सम्मान गरेको छ ।

१८ औं एसियाली खेलकुदमा दोश्रो स्थान प्राप्त गर्न सफल प्याराग्लाडिङ टोलीका कप्तान विमल अधिकारी संस्थाका शेयर सदस्य मैया अधिकारी तथा वडाअध्यक्ष तिर्थ अधिकारीका जेठा छोरा हुन् ।

साधारण सभाको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव शरदचन्द्र श्रेष्ठले उद्घाटन गर्दै उनले सहकारीहरु धेरै भए पनि राज्यले सोचे अनुरुप संचालन हुन नसकेको वताउँदै अब एक सहकारी एक उत्पादनको निति वनाउन सरकार लागि परेको वताए ।

त्यस्तै सहकारीका शेयर सदस्य मनोहर पहारीका छोरा समिर पहारीले कक्षा १२ को परिक्षामा ३.५ जि.पि.ए. ल्याएकामा तथा शेयर सदस्य डिल्लिराम शर्माकी छोरी समिक्षा शर्माले कक्षा १२ को परिक्षामा ३.१९ जि.पि.ए. व्यवस्थापक सुमित्रा सुवेदी र कर्मचारी सुजता पन्त प्रशंषापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा शेयर सदस्यहरु मध्ये उत्कृष्ट वचत कर्तातर्फ पितम देवकोटालाई, उत्कृष्ट कारोवार कर्ताको तर्फबाट सरस्वती शर्मालाई सम्मान गरिएको थियो।
सभामा अध्यक्ष माधव पहारीले वार्षिक प्रतिवेदन, लेखा संयोजक माधब भट्टराईको प्रतिवेदन, कोषाध्यक्ष मित्रराज वरालले आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पास गर्नुका साथै रिक्त कार्य समिति सदस्य पदमा राजेन्द्रप्रसाद आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा पोखरा–२२ का वडा अध्यक्ष मित्रलाल वराल, पोखरा–१७ का वडा सदस्य बैकुण्ठ भण्डारी, गुप्तेश्वर बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष भूपति ढकाल ‘कमल’, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल, इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर अधिकारी, छोरेपाटन टोल सुधार समितिका अध्यक्ष चुडामणी वराल, कोप्स नेपालका अध्यक्ष डिल्लिराम वराल, सहकारीका सल्लाहकार ले. धर्मदत्त तिमिल्सिना, शेयर सदस्य दिव्येश्वरी रेग्मीले वोलेका थिए ।

अध्यक्ष माधव पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लिराम शर्मा पौडेलले, सहकारीका सात सिद्धान्त वाचन शिक्षा उपसमिति सदस्य मनुराज आचार्यले, धन्यवाद ज्ञापन सल्लाहकार वद्रिनाथ पहारीले, स्वागत गित जानुका पौडेलले र संचालन सचिव खेमराज वरालले गरेका थिए ।