फेवा वेगनासद्धारा ह्विल चियर वितरण


पोखरा – लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीद्धारा अपांगता भएका स्याङ्गजा पुुतलीबजार नगरपालिका वडा नं ८ का महेन्द्र परियारलाई ह्विल चियर वितरण गरेको छ । क्लबले पोखरामा आयोजना गरेको तीज फेलोसिप कार्यक्रममा एन.एल.एफ. डिर्पाटमेन्ट चिफ मिलन थापाले परियारलाई ह्विल चियर वितरण गरिन् । क्लबका द्धितिय उपाध्यक्ष शंकर पाण्डेको व्यक्तिगत सहयोगमा सामाजिक कार्य अन्र्तगत सो सहयोग गरिएको हो । सहयोगले आफुलाई दैनिक जीवनयापन गर्न सहजता मिल्ने परियारको प्रतिक्रिया थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन.एल.एफ. डिर्पाटमेन्ट चिफ मिलन थापाले लिविङ वाइ गिभिङ भन्ने डिष्ट्रिक गर्भनरको नारा अनुसार ह्विल चियर वितरण गरेकोमा प्रशंसा गरिन् । उनले तीजको अवसरमा शुभकामना दिदै आफ्नो स्वास्थ्यलाई ख्याल गरेरमात्र बत्र बस्न आग्रह गरिन् ।

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक डेपुटी डिपार्टमेन्ट चिफ बालकृष्ण बराल, जोन चियर पर्सन विधाता द्धा, क्लबका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन सन्तोष घिमिरे, विरौटा साझा चौतारीका संस्थापक अध्यक्ष एवं जोन चियर पर्सन दुर्गा कुमारी आचार्य, फेवा वेगनास चौतारीका प्रथम उपाध्यक्ष टंक ढकाल, तृतिय उपाध्यक्ष एवं कार्यक्रम संयोजक महेश्वर रिमाल, सचिव राजाराम पौडेल लगायतले तीज पर्वको महत्वको बारेमा बोलेका थिए । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले दिदि भाइको सम्बन्ध गाँसेको क्लब लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीमा आवद्ध दिदिहरुलाई बोलाएर तीज फेलोसिप कार्यक्रम गरेको हो । कार्यक्रममा आयोजित तीज नृत्य प्रतियोगीतामा कल्पना अर्याल प्रथम र प्रतिमा आचार्य द्धितिय भए ।