पोखरा लर्नसमा तीज विशेष कार्यक्रम


पोखरा – पोखरा ७ माछापुच्छ्रे टोलमा रहेको पोखरा लर्नस एकेडेमीमा तीज विशेष कार्यक्रमको आयोजना गरियो । विद्यालयका संस्थापक प्राचार्य विधान गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीले तीजसँग सम्बन्धित आफ्नो प्रस्तुती राखे । उनीहरुले नृत्य, गीत, हास्यब्यङ्ग प्रस्तुती राखेका थिए । कार्यक्रममा गायक तथा मोडल पुर्ण बहादुर गुरुङ, विकास नेपाली, सरोज कुमार आले, विद्यालयका नृत्य शिक्षक होम बहादुर गुरुङ निर्णायक रहेका थिए ।


कार्यक्रममा बोल्दै प्राचार्य गौतमले विद्यार्थीलाई निर्धक्क भएर आफ्नो प्रतिभा देखाउन आग्रह गरे । विद्यार्थीको प्रतिभालाई बाहिर ल्याउन विदालयले सदैव हौसला प्रदान गर्ने उनको भनाइ थियो । पेरणा बास्तोला र सुलभ खड्काले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका सह प्राचार्य उष्णा गौतमले कार्यक्रमको बारेमा प्रकाश पारेको कार्यक्रम संयोजक शिव परियारले जानकारी दिए ।