बार्सिलोनामा तीज मनाईयो


बार्सिलोना । स्पेनमा रहेका नेपाली दिदीबहिनीहरुले तीज मनाएका छन्। तत्कालिन एमाले निकट प्रवासी नेपाली मञ्च स्पेन र ए.माओवादी निकट जनप्रगतिशील मञ्च स्पेनको संयुक्त आयोजनामा आईतबार बार्सिलोनमा तीज कार्यक्रम सम्पन्न भएको हो।

प्रत्येक बर्ष तीजको अबसरमा आयोजना गर्ने कार्यक्रममा यसपटक पनि स्पेनबासी नेपालीहरुको बाक्लो उपस्थिति रह्यो ।कार्य्रक्रममा लोकदोहोरी गायिका रिता केसीले गीत संगीत प्रस्तुत गर्दै महिला दिदिबहिनिहरुलाई नचाएकी थिईन्। यस्तै नेपाली पाठशाला बार्सिलोना,समी गुरुङ,शिक्षा भट्टराई लगायतका स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरे।

सोहि समारोहमा गायक तुलसी शिवाकोटीले आफ्नो प्रस्तुति सहित नयाँ देशभक्ति गीत “मेरो देश” सार्बजनिक गरे।

गैर आबासीय नेपाली संघ युरोप क्षेत्रका उपसंयोजक एकराज गिरी प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा,अन्तराष्ट्रिय समन्वय परिषद सदस्य द्वय मुक्त बहादुर गुरुङ, शितल भुर्तेल भुसाल लगायत संघ संस्थाका प्रतिनिधिहरुले शुभकामाना ब्यक्त गरे। दुई संगठनका अध्यक्षहरु क्रमश: हेम शेर्पा र अर्जुन आचार्यले तीजको शुभकामना दिदै उपस्थिति सबैलाई धन्यबाद दिए । कार्यक्रमको संचालन भने महासचिव दिनेशराज रेग्मीले गरेका थिए।

कम्युनिष्ट पार्टी एक बने पछि विदेशमा हुने संगठन प्रबासी नेपाली एकता मञ्च हुने बताईए पनि यसले पूर्ण आकार भने लिईसकेको छैन।