कास्की समाज स्पेनको तीज बिशेष कार्यक्रम सम्पन्न


बार्सिलोना। कास्की समाज स्पेनले हरितालिका तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार बार्सिलोनाको खुल्ला पार्कमा समाजले चेलीबेटीहरुलाई दर खुवाउदै तीज मनाएको हो। कार्यक्रममा बिभिन्न परिकारहरु खाँदै दिदिबहिनिहरु रमाएका थिए।प्रबासको ठाउँमा पनि उनीहरु स्वदेशमा जस्तै बिभिन्न तीजे भाकाहरुसँगै कम्मर मर्काउदै नाचे।

दिदिबहिनिहरुलाई निशुल्क गरिएको कार्यक्रममा उपस्थित दाजुभाइहरुबाट भने १० युरो शुल्क लिईएको थियो। समाजका अध्यक्ष केदारनाथ ढुंगानाले भने,” तीजमा बिशेष गरी दिदिबहिनिहरुका सम्झने गरिन्छ। सम्पूर्ण दाजुभाइहरुले दिदिबहिनिहरु सम्झना गर्दै दर खुवाउने कार्यक्रम सम्पन्न भयो यसका लागि हामी सबैप्रति आभारी छौ। कार्यक्रमको संयोजन कार्यसमिति सदस्य शान्ता राणाले गरेकी थिईन्। कार्यक्रम सफल भएकोमा उनले सहभागीहरुलाई धन्यबाद ब्यक्त गरिन्।