बाकोट बराह क्लबको २९ औं वार्षिकोत्सव सम्पन्न


पोखरा । कास्कीको पर्यटकीय गाउँ दाङसिङ मोहोरियामा रहेको बाकोट बराह क्लबको २९ औं वार्षिकोत्सव तथा तिज मेला–२०७५ शुक्रबार सम्पन्न भएको छ ।

अन्नपुर्ण गाउँपालिका वडा नं. ८, मोहोरियामा आयोजना गरिएको तिज मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री विकाश लम्सालले ग्रामिण पर्यटनलाई प्रदेश सरकारले प्रवद्र्धन गर्ने निति लिएकोले होस स्टे संचालनको लागि १० लाख क्लबलाई दिइने वताए ।


मेलामा लोक दोहोरी गायक सुरेन्द्र गुरुङ, गायिका सविना गुरुङ, गण्डकी तारा ओम गुरुङ, लोक दोहोरी गायक नरबहादुर रानाले लोक तथा आधुनिक गित प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विरेठाँटी तमु मोहोरिया दाङसिङ थमडाँडा पर्यटन पदमार्ग समितिका अध्यक्ष रामप्रसाद ढुंगानाले पर्यटन विकासको वारेमा विस्तृत प्रस्तावना पत्र मन्त्री लम्साललाई हस्तान्तरण गरेका थिए । भने मन्त्रीले प्रज्वल भित्रकोटीले गाउँको प्रचारप्रसारको लागि वनाइएको अडियो गितको पनि विमोचन गरिएको थियो ।


मेलामा अन्नपुर्ण गाउँपालिका वडा नं. ८ का अध्यक्ष विजय गुरुङ, उमा माविका प्रधानाध्यापक बुद्धिबहादुर गुरुङ, बाकोट आधारभुत विद्यालयका प्रअ महेश न्यौपाने, मेला संयोजक रामप्रसाद ढुंगाना लगाएतले वोलेका थिए ।

भदौ २६ गतेदेखि २९ गते सम्म संचालन भएको उक्त मेलामा स्थानिय क्लबहरुका विच भलिवल प्रतियोगिता समेत गरिएको थियो ।

क्लबका अध्यक्ष मिनेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विनिता नेपालीले गरेकी थिइन ।