भलिबलको उपाधी बेलाहोयको पोल्टामा


महेशकुमार खाती कोपनहेगन, १७ सेप्टेम्बर ।

बिष्णु स्मृति भलिवल प्रतियोगिताको उपाधी बेलाहोय क्लासिक स्पोर्टस क्लवले चुम्न सफल भएको छ । आइतबार कोपनहेगनमा सम्पन्न भलिबल प्रतियोगिताको फाइनलमा मगर समाजलाई पराजित गर्दै बेलाहोयले जीत हात पारेको हो । प्रवासी नेपाली एकता मन्च (तत्कालिन एमाले निकटको प्रवासी नेपाली मन्च (ओएनएफ) र माओवादी केन्द्र निकटको नेपाली जनप्रगतिशील मन्च (एनपिपिएफ) को आयोजनामा नेपालीभाषी पुरुषबिच भलिबल प्रतियोगिता भएको हो ।

७ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा बेलाहोयले उपाधीसङ्गै मेडल र नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । दोस्रो स्थान हात पारेको मगर समाजले हात पार्यो । अनुशासित टिमको पुस्कार गुरुङ समाजले प्राप्त गरेको छ । बेस्ट प्लेयर मगर समाज टीमका पुष्प महतो घोषित भए भने बेस्ट सटर नेपाली ब्रदर्सका ह्यारी क्षेत्रीले प्राप्त गर्दा उत्कृष्ट नव प्रतिभा पुरस्कार सुविस पौडेलले हात पारे । उनीहरुलाई मेडल र नगद प्रदान गरिएको थियो ।

डेनमार्कमा नेपालीहरु बिच भलिबल खेलाउन शुरु गर्ने परिकल्पनार तथा तत्कालिन ओएनएफका उपाध्यक्ष स्वर्गिय बिष्णु पौडेलको सम्मान तथा सम्झनामा प्रतियोगिता भएको हो । करिव डेढ वर्ष अघि पौडेलको अल्पायुमै कोपनहेगनमा मृत्यु भएको थियो । ओएनएफले यस अघि हरेक वर्ष गरि तेस्रो पटक भलिबल प्रतियोगिता आयोजना गरिसकेको थियो । यसपटक दुबै सङ्गठन एकता भएपछि बिष्णु स्मृति भलिवल प्रतियोगिता भएको हो । भलिबल प्रतियोगिताको उद्धघाटन गर्दै नेपाली राजदुताबासका राजदुत युवनाथ लम्सालले नेपालीबिच हुने बिभिन्न खेलहरुले मनोरन्जनसङ्गै एकआपसमा एकता र आत्मियता बढाउन सहयोगी हुने बताएका थिए । प्रवासी नेपाली मन्च ओएनएफ का अध्यक्ष शिव चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाली जनप्रगतिशील मन्च एनपिपिएफ का अध्यक्ष डा. भानु पोख्रेलले, प्रतियोगिता बारे जानकारी खेल ब्यवस्थापन समितिका सयोजक दीपक पाण्डेयले र सन्चालन महेशकुमार खातीले गरेका थिए ।प्रतियोगितामा बेलाहोय क्लासिक स्पोर्टस क्लव, मगर समाज, गुरुङ समाज, नेपाली ब्रदर्स, एनआरएन, चमेरो ग्रुप ओडेन्से र राइनो क्लव सहभागि भएका थिए । यसैबिच प्रतियोगिता सफल पार्न सहयोग पुर्याउने सबैलाई आयोजकले धन्यबाद प्रकट गर्दै आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको जनाएका छन् ।