कोपनहेगन हाफ म्याराथुनमा नेपाली चेली


  • महेशकुमार खाती

कोपनहेगन, १७ सेप्टेम्बर । धेरै देशका धावकले भाग लिने चर्चित र प्रसिद्ध ‘कोपन्हेगन हाफ म्याराथून’ मा नेपाली चेलीले पनि सहभागिता जनाएकी छिन् । आइतबार कोपनहेगनमा भएको म्याराथुनमा सीमा पौडेलले सफलतापूर्वक २१.१ किलोमिटर दूरी सफलतापूर्वक पार गरेकी हुन् ।

१५ देखि १९ वर्षका युवतीको समूहमा सहभागी १८ वर्षिया पौडेलले सो दुरी २ घण्टा २८ मिनेट सत्र सेकेन्डको समयमा पार गरेकी थिइन् । म्याराथुनमा २२ हजार २ सय ४८ धावकहरु सहभागि भएका थिए । सो द्रुत हाफ म्याराथुनमा पौडेलको सहभागि नम्बर १४९९७ रहेको थियो ।

नेपालको प्रतिनिधित्व गर्ने उनी यसपटकको एक्लो सहभागी भएको बताइएको छ । म्याग्दी जिल्ला घर भएकी उनी अभिभाबकसङ्गै सन् २०१४ मा डेनमार्क आएकी हुन् । अाइबी डिप्लोमा सम्मको अध्ध्ययन गरेकी सीमा साहसिक खेलकुद, समाजसेवा र सहित्यमा रुचि राख्छिन ।

म्याराथूनमा भाग लिएर दुरी सफलता पूर्वक पार गर्ने मध्ये सीमा सम्भवत: हाल सम्मकै कान्छी नेपाली भएको बताइन्छ । यो म्याराथुनमा सन्सारका धेरै देशका धावकले भाग लिने भएकाले प्रसिद्ध र चर्चित पनि छ ।