“जेठोकाजीको वन वीक टुर”


बार्सिलोना।  नेपाली चलचित्रको बजारले तहल्का पिटीरहेको बेला छोटा नेपाली चलचित्रहरु ( सट मुभी) बन्ने क्रम पनि बढ्दो छ। पछिल्लोक्रममा निर्माण भएको बहुप्रतिक्षित चलचित्र हो “जेठोकाजीको वन वीक टुर” ।  एक दशक भन्दा लामो समय स्पेनलाई कर्म थलो बनाएका चर्चित फोटोग्राफर सुबास बहादुर बिष्टले यसको निर्माण गरेका हुन्।

स्ट्रिट प्रोडक्सनको निर्माण भएको चलचित्र बारे निर्देशक बिष्ट भन्छन् ,” हामीले बालमनोबिज्ञानलाई जोड दिदै चलचित्र बनाएका छौ। १२ बर्षको एउटा बालकको दिमाखमा के खेलिरहेको हुन्छ त ? परिबार नजिक र टाढा हुँदा उसले प्रस्तुत गर्ने हाउभाउलाई चलचित्रमा कैद गरेका छौ।”

चलचित्रमा जेठोकाजी अर्थात् मुख्य कलाकारको भूमिकामा रहेका छन् पर्थ कोईराला। उनको आमाको भूमिका छन् भीमा मैनाली। जेठोकाजीको वन वीक टुरमा श्रदा गिरी,राजेन्द्र खरेल,दिक्षा शाह,प्रताप दाहाल,साधाना भण्डारी,श्याम खड्का,गिता थापा,दिक्षा जिम्बा र पाण्डव थपलियाले अभिनय गरेका छन्।

निर्देशक बिष्ट भन्छन्,”हामी घटनास्थापनासम्म स्पेनमा प्रिमियर गर्छौ बिभिन्न फिल्म फेस्टिबलहरुमा जेठोकाजीलाई पुर्याउने कोशिस गर्ने छौ।”