सेसेल्स एनआरएनएको ७९ औ शाखा


गैर आबासिय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ शाखाको रुपमा मान्यता दिएको छ । अफ़्रिकि मुलुक सेसेल्स ,अफ्रिकाको सबै भन्दा बढी प्रती ब्याक्ती आय भएको र थोरै जन संख्या भएको देश हो । अफ्रिकाको पुर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय गन्तब्य मध्य पनि एक हो ।

यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उधोगमा कार्यरत छन । गत हप्ता सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराएका छन । समितिमा उपाध्यक्ष मनोज बि .क . , किशोर कुमार महर्जन महासचिव कम्मान सिंह खत्री , सचिब बिश्वजीत कार्की , कोषाध्यक्ष कोमल राज पान्डेय , सह कोषाध्यक्ष किरण अधिकारी , प्रबक्ता एकराज सुवेदी रहेका छन ।

त्यसै गरि सदस्यहरुमा चेतमान कुवर , आइन्द्र लिम्बू , बिष्णु महतो , रामचन्द्र राई र गोमा अधिकारी चयन भएका छन । संघका अन्तरास्ट्रिय कोषाध्यक्ष हिक्मत थापाका अनुसार सेसेल्स अफ्रिकाको १७औ राष्ट्रिय समन्वय समिती र एनआरएनएको ७९ औ राष्ट्रिय समिति बनेको छ ।