सभापतिले गुट नतोडेपछि मैले के गर्ने ? -रामचन्द्र पौडेल


  • रामचन्द्र पौडेल,बरिष्ट नेता नेपाली काँग्रेस

बार्सिलोना। काठमाडौको राजनीति दिक्क लागेर मन बहकाउनका लागि रेष्ट लिनको लागि आएको  तर “बर्मा गए कर्म संगै भन्थ्ये। एउटा उखान छ। भाग्य जहाँ गएपनि त्यतै जादो रहेछ। देशको बारेमा,पार्टीको बारेम,नेताहरुको बारेमा यहाँहरुलाई  के – लागि रहेको छ भन्ने,भावाना बुझ्नको लागि पनि म आएको हु।

यहाँ पनि,अन्त पनि, देशभित्रै पनि यही समस्या आईरहेको छ। जहाँ जहाँ जान्छु गुटबन्धीको कुरा सुनिन्छ। काँग्रेसले काँग्रेसलाई हराउन लागि परेको सुनिन्छ। के -हुन लागेर काँग्रेस सक्किन लाग्यो ? यो कुरा आईरहेको छ। सभापतिको उमेद्वार हुनु अगाडि मैले पनि त्यही भन्थे। नेताहरु मिल्नु पर्छ। एक हुनुपर्छ। मिलाउने प्रयत्न पनि गरेको हुँ। पहिले सुशील र देउवा गुट भन्थे। शुशिल जी बितेपछि सभापतिको उमेद्वार भएर चुनाव लडे। पछि त मेरो र देउवा जी बीच यस्तो भनिन्छ।

शेरबहादुर जी चुनाव जिते,पार्टी सभापति भए,संसदीय दलको नेता पनि चुनिए। यति भएपछि उहाँलाई मैले भेटेर नै शेरबहादुर जी तपाई सानो पार्टीको नेता हुनुहुथ्यो। अहिले सिङ्गो काँग्रेसको नेता हुने सौभाग्य मिल्यो। अब तपाईलाई के चाहियो ? तपाइँ कमसेकम सबै काँग्रेसको नेता भईदिनुहोस्। तपाईले एउटै कुरा संकल्प गर्नुहोस् म साथीहरुलाई मुल्याङ्कनको आधारमा व्यहवार गर्छु। यो मेरो पक्ष र तेरो पक्ष गर्दिन। तपाईले यति गर्नुहोस् काँग्रेस माथि जान्छ। मैले भनेकै हुँ। मैले अस्ति लेखेर पनि दिएको छु।

उहाँलाई त्यसको मतलव नै छैन।  उहाँले निश्चित मान्छेलाई मात्र प्रोटेक्सन गर्न थालेपछि उहाँको खिलापमा लडेको म। अरु साथिहरुले केहि न केहि मसँग संरक्षणको आशा त गर्ने भए नि। के गर्ने तिनलाई ? यो समस्या बल्झेर आयो। पार्टीमा एकता कायम गर्ने भनेको सभापतिले नै हो। सभापतिले नै हो गुट तोड्ने भनेको। उहाँले तोड्न सक्नुहुन्थ्यो। तर उहाँले नतोड्दा मैले के गर्ने ?

अन्याय भएका केहि साथिहरुको पक्षमा केहि त बोल्दिन पर्यो नि।  टिकट बाँड्ने बेलामा पनि त्यस्तै भयो। एकदम सिनियर साथिहरु छन्, लोकप्रिय साथिहरु छन्। बाहलवला सांसदहरु छन्। तिनीहरुलाई फालेर टिकट बाँडेर मान्छे पठाउछन्। यो त भएन नि। जेनुयन मान्छेले टिकट त पाउनु पर्यो नि।

दुई हप्ता अगाडि मुख्य सचिवद्वारा एउटा परिपत्र भयो। कुनै पनि अन्तराष्ट्रियस्तरको भातृसंस्था नेपाली काँग्रेसको कार्यसमितिको निर्णयमा छैन। कुनै बिधानमा छैन। चाहे बिश्वसंजाल होस् वा युरोप संजाल, जे सुकै संजाल होस्।

नेपाली काँग्रेसका त केवल जनसम्पर्कसमितिहरु मात्रै छन्। यस्तै व्यहोरामा चिठी लेखियो। तर  म यता आएपछि त्यसको बिपरित फेरि अर्कै चिठी लेख्ने ? यदी कुनै संगठन हो भने त पार्टीले स्विकृति दिनुपर्यो नि। कहिँले स्विकृत दिएको छ ? अथवा त्यो संगठनको कुनै अधिबेशन भयो ? कुनै बैठक भयो। पहिले जनसम्पर्क समितिहरुलाई मजबुत बनाउ। अन्यको हकमा पार्टीले निर्णय गर्नुपर्यो मेरो भनाई यत्ति हो।

बिश्वसंजाल वा युरोप वा अन्य ठाउँमा ति संस्थाहरु कसरी बनाउने ? जनसम्पर्क समितिहरुबाट सबैले प्रतिनिधि पठाएर बनाउने हो कि ?त्यसै आफू-आफू बोल्ने हो ? यहाँका जनसम्पर्क समितिहरुले प्रतिनिधि पठाउनु पर्यो नि। केहि पनि छैन तिथि मिति। त्यसै मलाई बिबादमा पार्ने ? तर कसैप्रति मेरो पुर्बाग्रह केहि पनि छैन।

पार्टी एउटा बिधान र सिष्टममा चलाउनुहोस्। कसैलाई केहि नियम ,कसैलाई केहि नियम। केन्द्रिय कार्यालयको मुख्य सचिव भन्दैमा,त्यहाँ कुनै पदाधिकारी भन्दैमा, जे मन लाग्यो त्यही परिपत्र गरेर पठाउन पाईन्छ ? पार्टीलाई कहाँ लैजान खोजेको ? के-गर्न खोजेको काँग्रेसलाई ? काँग्रेसलाई एकताबद्व बनाएर लैजाउ भन्दा पनि नगर्ने। अनि यो सबै धाधली धाधलीमा के -के त ? मैले त एउटा कुरा पनि भने। पार्टी कब्जा गर्नु सामान्य होला। पार्टी कब्जा गर्न सक्नुहुन्छ। तर कम्युनिष्टले सत्ता पकड बनाएका छन् त्यसलाई ख्याल-ख्याल सोच्नु हुँदैन।

कम्युनिष्ट आँफै कोल्याप्स पनि होलान्, अन्तर द्वन्दबाट सक्किएलान्। त्यो आफ्नो कुरा हो, भबिश्यको कुरा हो। तर कम्युनिष्टहरु असफल हुन्छन्,आफै अन्तरद्वन्दबाट ध्वस्त हुन्छन् अनि हाम्रो पालो आउँछ भन्ने सोच राख्नु आत्मघाती कुरा हो। हामी सक्रिय भएर,आफै सवल भएर तिनको राजनीतिमा हस्तक्षेप गर्ने हैसियत बनाउनुपर्छ।

( नेपाली जनसम्पर्क समिति स्पेनको प्रशिक्षण कार्यक्रममा राखेका मन्तब्यका केहि अंशहरु, नेता पौडेलकै फेसबुक पेजको लाईभ भिडियोबाट लिईएको हो।)