गन्धर्व नाटकघरमा सोमबारबाट ‘मिस्टर फक्स एण्ड दी स्कुल व्वाई’


राजाराम पौडेल,पोख- पोखरा थिएटरको गन्धर्व नाटकघरमा बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कुल व्वाई’ मञ्चन हुने भएको छ । नाटक आश्विन ८ गते सोेमबारबाट लगातार तीन दिनसम्म देखाइनेछ । विहान ११ बजे, दिउँसो १ बजे र साँझ ५ बजे गरी दैनिक तीन सो यो नाटक मञ्चन हुनेछ ।

यो नाटक मार्फत बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नाटकको संयोजन एवं निर्देशन चे शंकरले गरेका हुन् । गार्डेन थिएटरको उत्पादन एवं निर्माण रहेको नाटकमा उमेश पोखरेल र दीपेन्द्र शाहीको मुख्य अभिनय रहेको छ । जहाँ स्कूल पढ्ने विद्यार्र्थी केन्द्रीय पात्र हो । नाटक यसअघि नै विभिन्न ठाउँमा मञ्चन भैसकेकोे छ ।

पोखरामा हुने नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए । झण्डै ५० मिनेट अवधिको यो नाटक हेर्न सर्वसाधरणका लागि ३ सय र ५ सयको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा २ सय तथा १० वर्ष भन्दा कम उमेरको विद्यार्थीको लागि १ सय रुपैयाँको टिकट काट्नुपर्ने पोखरा थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले जनाए । पोखरामा गन्र्धव नाटकघर सञ्चालनमा आएपछि हालसम्म विभिन्न १८ नाटक मञ्चन भइसकेका छन् ।