जापानिज खेल ‘केन्दो’ को डेमोस्ट्रेसन (भिडियाे सहित)


 पोखरा – जापानीज खेल केन्दोको बारेमा पोखरामा जानकारिमुलक डेमोस्ट्रेसन शनिबार गरिएको छ । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको आयोजना भएको कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दीपक गोदारले पोखरामा यो खेलको सम्भावना रहेको बताए । यो खेलको विकास र विस्तारको लागि आफ्नो तर्फबाट सदैव सहयोग रहने उनले बताए ।


नेपाल इआइदो एण्ड केन्दो संघका महासचिव केशव कृष्ण डंगोलले नेपालमा यो खेल वि.स. २०५८ मा भित्रिएको बताए । हाल विश्वका १ सय १० देशमा यो खेल खेलिने बताउदै उनले पोखरामा यो खेलको सभवना देखेरनै आफुहरु यहाँ आइपुगेको बताए ।

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतमको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक डेपुटी चिप बालकृष्ण बराल, जोन चियर पर्सन सन्तोष घिमिरे, प्रमुख प्रशिक्षक अमित चौधरी, लायन्स डिष्ट्रिक मेम्बर सरस्वती गिरी, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जित बहादुर थापा गोपाल, लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीका द्धितिय उपाध्यक्ष शंकर पाण्डे, सचिव राजाराम पौडेलले बोलेका थिए । कार्यक्रममा अमित कुमार चौधरी, सैलेन्द्र कार्की, दिपेश डंगोल, विवेक केसी, कमला लामाले केन्दो खेलको जानकारी सहितको डेमोस्ट्रेसन देखाएका थिए ।


सोहि कार्यक्रमकाबिच महेश्वर रिमालको अध्यक्षतामा कास्की जिल्ला स्तरिय नेपाल इआइदो एण्ड केन्दो संघ गठन गरिएको छ । जसको प्रथम उपाध्यक्षमा दीपक तिमिल्सिना, द्धितिय उपाध्यक्षमा जित बहादुर थापा गोपाल, सचिवमा शंकर पाण्डे, सहसचिवमा जनक कार्की, कोषाध्यक्षमा अनुप बराल, सह–कोषध्यक्षमा सरस्वती गिरी रहेका छन् ।

सदस्यमा ऋषिकान्त पराजुली, कृष्ण बहादुर कार्की, रजनी कोइराला, राजकुमराी थापा, राजन आचार्य, आर्दश घिमिरे र राजेश ढुङ्गाना चयन भएका छन् । यसैगरी सल्लाहकारमा दीपक गोदार, सन्तोष घिमिरे, विधान गौतम, बालकृष्ण बराल र राजाराम पौडेल रहेका छन् ।