गन्धर्व नाटकघरमा ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ मञ्चन हुने


राजाराम पाैडेल, पोखरा – पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ मञ्चन हुने भएको छ । नाटक यहि आश्विन १७ र १८ गते दुई दिन देखाइनेछ । दुई दिननै साँझ ५ बजे नाटक हेनै पाइनेछ । वन वल्ड थिएटरको प्रस्तुतीमा निर्माण गरिएको यो नाटक वार्षिक नाट्य यात्रा २०७५ अन्र्तगत पोखरा थिएटरको आयोजनामा पोखरामा मञ्चन हुन लागेको हो । उमा सुवेदीको कथा रहेको नाटकको परकिल्पना तथा निर्देशन राजकुमार पुडासैनीले गर्नेछन् ।

नाटकमा राजकुमार पुडासैनी सहित कमलमणी नेपाल, लुनिभा तुलाधर रेनु यागी, सुरज तमु, आलोक थामी, हाना नगरकोटी, रोशनी स्याङो, सन्दीप श्रेष्ठ, अर्मत दाहाल, दामोदर खतिवडाको अभिनय हेर्न पाइनेछ । नाटक मार्फत कलाकारकै पिडालाई देखाइनेछ । नाट्य यात्रा मार्फत यो नाटकलाई नेपालका विभिन्न शहरमा मञ्चन गरिएको थियो ।

पोखरामा हुने नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए । यो नाटक हेर्न सर्वसाधरणका लागि ३ सय र ५ सयको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा २ सय रुपैयाँको टिकट लाग्नेछ । यस नाटकलाई बुकिङ मार्फत अतिरिक्त सो देखाउने तयारी समेत आफुहरुले गरेको पोखरा थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले जनाए । पोखरामा गन्र्धव नाटकघर सञ्चालनमा आएपछि हालसम्म विभिन्न १९ नाटक मञ्चन भइसकेका छन् ।