कास्की समाजद्वारा सवारी चालकको सैद्वान्तिक तालिम सम्पन्न


बार्सिलोना। कास्की समाज स्पेनले सवारी चालकको सैद्वान्तिक परीक्षाका लागि साढे दुई महिने प्रशिक्षण तालिम सम्पन्न गरेको छ। गत जुलाई १८ तारिख देखि सुरु भएको कक्षा संचालन अक्टोबर १ तारिख एक कार्यक्रमकाबीच सोमबार सम्पन्न भएको हो।

गैर आबासीय नेपाली संघ युरोप क्षेत्रीय उपसंयोजक एकराज गिरीले बार्सिलोनामा आयोजना गरिएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै समाजले गरेको काम प्रंशसनीय रहेको बताए। प्रमुख अतिथिको रुपमा बोल्दै गिरीले भने,” सैद्वान्तिक परीक्षाका लागि गरिएको तयारी यहाँका नेपालीहरुका लागि अत्यन्त महत्वपूर्ण र उपयोगी रहेको छ। यस्ता काम जुनसुकै संस्थाले जतिपटक आयोजना गरेपनि धेरै नेपालीहरुको लागि उपयोगी हुनेछ। यसको निरन्तरताको लागि समाजलाई शुभकामना दिन चाहान्छु।”

कार्यक्रममा बिशेष अतिथिको रुपमा आईसीसी सदस्य मुक्त बहादुर गुरुङले सम्बोधन गर्दै सहभागीहरुलाई शुभकामना ब्यक्त गरे। उनले तयारी कक्षा सक्ने बित्तिकै परिक्षामा सहभागी बन्न सुझाव ब्यक्त गरे।

तालिम सुरु गर्दा ..

१३ जना सहभागीहरु रहेको उक्त तालिमलाई रुद्र जिरेलले प्रशिक्षण दिएका थिए। कार्यक्रममा सहभागीहरुले नेपाली समुदायमा ब्यबसायिक ढंगबाट सवारी चालक तयारीका लागि इन्स्टिटूट भएका खण्डमा फाईदा हुने बताउँदै यसको पहलका लागि अनुरोध समेत गरे।

समाजका अध्यक्ष केदारनाथ ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तालिम संयोजक तथा समाजका महासचिव गोबिन्दराज तिमिल्सिनाले गरेका थिए।