मृगौला पिडितलाई लायन्सको सहयोग


राजाराम पाैडेल, पोखरा – लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लब अफ फेवा फिस्टेल सिटीको संयुक्त आयोजनामा मृगौला पिडितलाई सहयोग हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बि १ का डिष्ट्रिक गर्भनर अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मृगौला पिडित पृथ्वी बहादुर खत्रीलाई ८० हजार नगद र ९ हजार बराबरको जिन्सि सामाग्री हस्तान्तरण गरिएको हो । खड्काकी श्रीमती राधिका श्रेष्ठलाई सहयोग रकम र जिन्सि सामाग्री गर्भनर श्रेष्ठले हस्तान्तरण गरे । ओखलढुङ्गाका पृथ्वीले दुइवटै मृगौला खराब भई अहिले काठमाण्डौमा बसेर नियमित डायालोसीस गराइरहेका छन् । केशव रेग्मी, जित बहादुर थापा गोपाल र याम प्रसाद पौडेलको सौजन्यमा सहयोग गरिएको हो ।


लायन्स क्लब अफ फेवा फिस्टेल सिटीका अध्यक्ष झंकनाथ पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा चिफ एडभाइजर धुव्र श्रेष्ठ, डिपुटी डिपार्टमेन्ट चिफ बालकृष्ण बराल, एडभाइजर बाबुराम पौडेल, रिजन चियर पर्सन मोति तिम्सिना, कमिटि चियर पर्सन विष्णु बराल, को चिफ एडभाइजर बसन्त गिरी, जोन चियर पर्सन सन्तोष घिमिरे, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जित बहादुर थापा गोपाल लगायतले अप्ठ्यारोमा परेकाहरुको सहयोगकको लागि लायन्स क्लबको स्थापना भएको बताए ।