स्पेनका बाग्लुङ्गबासी नेपालीहरु पनि संगठित


बार्सिलोना। स्पेनमा रहँदै आएका बाग्लुङ्ग स्थायी घर भएका नेपालीहरु संगठित भएका छन्। गत साता बार्सिलोनामा सम्पन्न एक भेलाले राजु थापाको अध्यक्षतामा बाग्लुङ्ग समाज स्पेनको एक तदर्थ समिति गठन गरेको छ।

समाजका उपाध्यक्षहरु दीपक क्षेत्री, रामप्रसाद चालिसे,महासचिबमा नेत्र लाल न्यौपाने,सचिब  सुदर्शन शर्मा र
कोषाध्यक्षमा  विकल प्रताप सिंह रहेका छन्। यस्तै तदर्थसमितिका सदस्यहरु तुलसी राम रिजाल,तोप बहादुर खत्री,सुन्दर बिष्ट,दिपेन्द्र केसी,केदार कंडेल,हिरालाल सापकोटा ( डाईमण्ड ),अनिल सापकोटा राजेन्द्र कंडेल,लक्ष्मण प्रताप सिंह,दुर्गा खनाल,दामोदर पौडेल,सिता भण्डारी,सुरेश थापा,राजु कंडेल,प्रेम क्षेत्री र फबिस्वर गौतम चयन भएका छन्।

पुष्पराज भण्डारी संरक्षक रहेको समाजका सल्लाहकारहरु एकराज गिरि,बिदुर गौतम,दुर्गा शर्मा,जयराम रेग्मी,सोमनाथ शर्मा र  इश्वर गौतम रहेका छन्।

सोमबार बसेको समाजको पहिलो बैठकले कानुनी परामर्श कार्यक्रम, दशैं-तिहार शुभकामना कार्यक्रम र बाग्लुङ्गको मौलिकता झल्कने गरि माघे सक्रान्ती र चैते दशैं मनाउने लगायतका कार्यक्रमहरु बारेमा बिशेष छलफल गरेको छ।