लाप्राक नमूनाबस्तीको निर्माण ७० प्रतिशत पूरा 


गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)ले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सोही अबसरमा एनआरएनएका महिला उपाध्यक्ष सफिलाराज भण्डारीले भूकम्पले क्षति पु¥याएको गोरखाको लाप्राक गाउँमा नमूनाबस्ती निर्माणको काम तीव्र पारिएको जानकारी गराए ।  करिब ७० प्रतिशत काम पूरा भएकाले आगामी वैशाख १२ गते उक्त गाउँ हस्तान्तरण गर्ने योजना रहेको उनको भनाइ थियो ।

एनआरएनएले भूकम्पपछि एक हजार घर निर्माण गर्ने घोषणा गरेको थियो । तर लाप्राकमा १८ हेक्टर क्षेत्रफलमा ५७६ घर निर्माण भइरहेको भण्डारीले बताए । घर निर्माणमा स्थानीयवासीलाई सहभागी गराइएको छ । दुई वर्षअघि सो घर निर्माण गर्न सम्झौता भएर काम सुरू गरिएको थियो ।

गैरआवासीय नेपाली दिवसको अवसरमा घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको भए पनि विभिन्न कारणले ढिलाइ हुन पुगेको हो । निकै चुनौतीका बीच लाप्राकको बस्ती निर्माणमा आफूहरु लागेको अध्यक्ष भवन भट्टले बताए ।