रोनाल्डोमाथि बलात्कार आरोपमा पेश गरिएका प्रमाणहरु झुटो


हालै युभेन्टस गएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपमा पेश गरिएका प्रमाणहरु झुटो भएको उनका वकिलले बताएका छन्। ३३ वर्षे रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा आफूलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले नै खुलासा गरेकी थिइन्। भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनी रातारात चर्चामा आएकी थिइन्।