सुकुम्वासीहरुको समस्या स्थायी समाधान गर्न पहल गर्ने – क्षेत्री


पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले भूमि अधिकारबाट बञ्चित भूमिहिन सुकुम्वासीहरुको समस्या निति वनाई स्थायी समाधान गरिने वताएका छन् ।

राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीले विजयादशमी तथा दिपावलीको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा वताएका हुन् ।

साथै उनले सुकुम्वासी लगाएत साना किसान, बाढि पिडित, पहिरो पिडित तथा कुनै पनि प्रकोपको कारण भूमिहिन भएकालाई भुमिसम्बन्धि निति नियमहरु निर्माण गरी स्थायी व्यवस्थापन गर्नकालागि पहल गर्ने वताए ।

सो अवसरमा राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशका सचिव आसबहादुर गुरुङ, महिला समन्वय समिति पो.म.न.पा. वडा नं. ९ की अध्यक्ष दिलमाया गुरुङ, समाजसेवी मेखबहादुर विक लगाएतले भूमि अधिकारबाट वञ्चितहरुको समस्या समाधानमा सरकारले उचित कार्य गर्न नसकेकोमा दुःख व्यक्त गरेका थिए ।

मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बलराम परियारले र संचालन सचिव कुमारी गुरुङले गरेकी थिइन।