वरिष्ठ गायक सरोज गोपाल बज्राचार्यको निधन, भाब पूर्ण बिधाई


पोखरा, २९ साउन-
वरिष्ठ गायक सरोज गोपाल बज्राचार्यको गएराति निधन भएको छ । बज्राचार्यको गएराति ६१ वर्षको उमेरमा आफ्नै निवास बागबजारमा निधन भएको परिवारले आज विहान जानकारी दिएको छ । बज्राचार्य लामो समयदेखि मधुमेह रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
बज्राचार्यको देउराली उकाली चढेर, नक्कलीलाई भगाई लग्यो भिल्केले, दाईको घर कहाँ हो कहाँ, करोडौँ मुटुहरु ढुकढुकी एउटै नेपाल लगायतका गीत चर्चामा रहेका छन् ।
बज्राचार्य रेडियो नेपालको पुरानो गायक हुनुहुन्थ्यो भने केही वर्ष सञ्चार क्षेत्रमा पनि कार्य गर्नुभएको हो ।

296721_2123010949483_4367907_n
२००९ साल मंसिर २ गते जन्मनुभएका बज्राचार्यको  पोखराको गाईघाटमा दाहासंस्कार गरिएको छ । सब लाई पोखरा नदिपुरको शाक्य समाज भवनमा श्रद्धाजलीका लागी राखिएको थियो, पुन नदिपुरबाट बगर हुदै गाईघाट लगिएको थियो।  झरीमा रुज्दै पोखराका साहित्यकार कलाकार, लगाएतका मानिसहरुको ठुलो उपस्थित रहेको थियो । बज्राचार्यको एक श्रीमति वरिष्ठ गायिका बाबा राणा, एक छोरा र एक छोरी हुनुहुन्छ ।

देउराली उकाली चढेर बोलको गित

नक्कलीलार्इ भगाइलग्यो झिल्केले.

करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल.