खचाखच दर्शकसँगै बार्सिलोनामा मैरियो प्रदर्शन


बार्सिलोना। गुरुङ भाषाको नेपाली चलचित्र मैरिमोको बार्सिलोनामा सफल प्रदर्शन भएको छ। दर्शकको खचाखचसँगै स्पेनमा चलचित्रको प्रदर्शन भएको हो। तमु समाज बार्सिलोनाले गत बिहिबार आयोजनामा सम्पन्न बिशेष शो हेर्न तमु जातिहरु मात्र नभई नेपाली समुदायको नै बाक्लो उपस्थिति रह्यो।

मुनाल फिल्म प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र “मैरिमो” अर्थात् सम्झिरहेछु अहिले युरोपका बिभिन्न देशहरुमा प्रदर्शन गरिएको छ। बेल्जियममा दुई शो प्रदर्शन गरिएको चलचित्र बिहिबार स्पेनको बार्सिलोना स्थित  सिनेमा जिरोना हलमा प्रदर्शन गरिएको हो।

निर्देशक भोज बहादुर गुरुङले दर्शकको उल्लेख सहभागि रहेकोमा खुशी ब्यक्त गर्दै बार्सिलोनाको प्रदर्शन सोचे भन्दा पनि सफल भएको प्रतिक्रिया दिए। लमजुङ्को शैलुङ्ग गाउँमा छायाङ्कन भएको चलचित्रमा गुरुङ रितिरिवाज र सस्कृतिलाई प्रस्तुत गरिएको छ।

निर्देशक गुरुङ भन्छन्,” अहिले गाउँ ठाउँ छोडेर युवाहरु विदेशिने क्रम अझै बढ्दो छ,यसले गाउँले परिवेशमा परेको असर र त्यहाँ देखिएका समस्याहरुलाई चलचित्रमा उतार्ने कोशिस गरेका छौ। त्यसैले पनि बिदेशमा रहने नेपालीहरुलाई आफ्नो गाउँ ठाउँको याद आउदा चलचित्र धेरै नै मन पराएको पाईयो।”प्रेम गुरुङ र सपना गुरुङको निर्माणमा बनेको चलचित्रका कार्यकारी निर्माता भने बालकाजि गुरुङ रहेका छन्। गमन गुरुङ र सपना गुरुङको मुख्य भूमिका रहेको चलचित्रमा प्रेम गुरुङ,शेशुभा गुरुङ,गजेन्द्र गुरुङ,कुलप्रसाद गुरुङ,अमिर गुरुङ लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ।

चलचित्रको ए ङोल्स्यो ए ङोल्स्यो गीत निकै चर्चित बनेको छ। चलचित्रको प्रिमियर भने न्युयोर्कबाट भएको थियो।

तमुसमाज स्पेनका अध्यक्ष गौतम गुरुङले मैरिमोको सफल प्रदर्शन भएकोमा स्पेनबासी नेपालीहरुप्रति धन्यबाद सहित आभार प्रकट गरेका छन्। गुरुङ भाषाको चलचित्र भएपनि नेपालीमा सव टाईटल समेत रहेको छ।