जनसम्पर्क समिति डेनमार्कको भेटघाट तथा चियापान कार्यक्रम ।


कोपनहेगन । नेपाली जनसम्पर्क समिति डेनमार्कले दशैं तथा तिहारको उपलक्ष्यमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । माहुपार्टी नेपाली कांग्रेसले दशैं तिहारको उपलक्ष्यमा प्रत्येक वर्ष आयोजना गर्दै आएको निरन्तरतालाई विदेशस्थित अधिकांश जनसम्पर्क समितिहरुले पनि पछ्याउँदै भेटघाट तथा चियापान कार्यक्रम गर्दै आएका छन् । यसै शिलशिलामा डेनमार्कमा पनि जनसम्पर्क समितिले भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गर्यो ।

चियापान कार्यक्रममा उत्साहजनक उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै जनसम्पर्क समिति डेनमार्कका सभापती वीरेन्द्र सिंह कार्कीले सबैलाई शुभकामना दिंदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

जनसम्पर्क समितिका महामन्त्री यादब बस्नेतले कार्यक्रममा सहभागी सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा जनसम्पर्क समिति डेनमार्कक संस्थापक सभामती नवीन पौडेल, जनसम्पर्क समिति डेनमार्कका पुर्व सभापतीहरु एवं हाल कांग्रेस महासमिति सदस्यहरु रामचन्द्र पाठक, नवीन आचार्य , जनसम्पर्क समिति डेनमार्कका उप-सभापती नील थापा,एन आर एन डेनमार्कका अध्यक्ष यामलाल सुवेदी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

सोहि कार्यक्रममा जनसम्पर्क समितिमा हालै मनोनीत महामन्त्री दिपेन्द्र चुडाललाइ हार्दीक स्वागत समेत गरिएको थियो ।