वल्ड डान्स लिग नेपाल क्वालिफायरकाे फाइनल सम्पन्न, विजेताले मुम्बइमा हुने वल्ड डान्स लिगमा नेपालको प्रतिनिधित्व गर्ने


राजाराम पौडेल, पोखरा – वल्ड डान्स लिग नेपाल क्वालीफायर फाइनल पोखरामा सम्पन्न भयो । प्रतियोगीता अन्तर्गत सोलोतर्फ काठमाण्डौका नेशन सुस्लिङ मगर प्रथम भए । सोही विधामा काठमाण्डाकैै मुकेश ढकाल द्धितिय, कोहलपुरका रोशन विश्वकर्मा तृतिय भए ।
युगलतर्फ बुटबलका हरी गुरुङ र कृष्ण मिश्र प्रथम भए । विरगञ्जका अनिस र राज द्धितिय तथा बुटबलका विनेश गुरुङ र सञ्जय विश्वकर्मा तृतिय बने ।


यसैगरी समुहतर्फ धरानको रोयल डान्स एकेडेमी प्रथम, चितवनको नेपोलिक द्धितिय र धरानको विष्ट ब्रोदर तृतिय बने ।
तिनै विधामा प्रथम हुन सफल प्रतियोगीले नेपालको प्रतिनिधित्व गर्दै भारतको मुम्बइमा हुने वल्ड डान्स लिगको ग्राण्ड फिनालीमा सहभागीता जनाउनेछन् । उनीहरुको अलावा टिम नेपाल मार्फत अमन तामाङको नेतृत्वमा थप एक समुहले समेत प्रतियोगीतामा भाग लिनेछ ।
भारतको भि कम्पनीको आयोजना भएको यो प्रतियोगीतामा नेपालको व्यवस्थापनको जिम्मा मिरर किङ इन्टरटेनमेन्ट प्रालिका अमन तामाङले लिएका थिए ।
काठमाण्डौ, पोखरा, चितवन, इटहरी, बाग्लुङ, नेपालगञ्ज, झापा, बुटबल र हेटौडामा भएका अडिसन मार्फत ५५ जना छनोट भएका थिए । अडिसनमा सहभागी १ सय ४० मध्ये उनीहरु छानिएका थिए । नेपालको अडिसनमा एभरेष्ट क्रु को सिनियर बि ब्वाई नुर निसान्त गौचन र बि टु डि डान्स स्कुलका अमन तामाङ निर्णायकको रुपमा रहेका थिए ।


वल्ड डान्स लिग नेपाल क्वालिफायरको फाइनल प्रतियोगीता भि कम्पनीका बर्नन मोन्टेरीयाको उपस्थितीमा रहेको थियो । पोखरामा भएको ग्राण्ड फिनालीको निर्णायकमा बर्नन मोन्टेरीया सहित निशान गौचन, महेश गोदार रहेका थिए । छनोट भएका तीनै विधाका विजेताले नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय झण्डाको साथमा वल्ड डान्स च्याम्पियनसिपको लागि प्रतिष्पर्धा गर्नेछन् जहाँ विश्वका झण्डै ३० देशका प्रतियोगी सहभागी हुनेछन् ।
वल्ड डान्स लिगको ग्राण्ड फिनाली सन् २०१९ मा मुम्बईमा हुने बि टु डि डान्स स्कुलका अमन तामाङले जनाए । वल्ड डान्स लिगको विजेताले गोल्डेन मेडल, ट्रफिको साथमा नेपाली ४० लाख रुपैया बराबर नगद हातपार्नेछ । पोखरा सभागृह हलमा भएको नेपालको क्वालिफायरको फाइनल प्रतियोगीताको प्रमुख अतिथिमा गण्डकी प्रदेशका सांसद दिपक कोइराला रहेका थिए ।