प्रोसपेरिटि एजुकेशन कन्सल्टेन्सीको पोखरा शाखा संचालनमा


पोखरा । प्रोसपेरिटि इन्टरनेशनल एजुकेशन सर्भिस प्रा.लि.को पोखरा शाखा बुधबारदेखि पोखरा महानगरपालिका वडा नं. ४, चिप्लेढुङ्गामा विधिवत संचालनमा आएको छ ।

काठमाण्डौमा विगत चार वर्षदेखि संचालनमा रहेको उक्त प्रालिले आफ्नो सेवा विस्तारको लागि पोखरामा शाखा संचालनमा ल्याएको शाखा प्रवन्धक गोमा पुनले वताइन् ।

उनले अव अष्ट्रेलिया, जापान, न्युजिल्याण्ड, क्यानडा, माल्टा, फ्रान्स, जर्मनी, डेनमार्क, नर्वे, इष्टोनिया लगाएतका कलेज तथा विश्वविद्यालयहरुमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले सम्पर्क गर्न सक्ने वताईन् ।

प्रालिमा विद्यार्थीहरुलाई भिसाको बारेमा परामर्श दिनुका साथै अंग्रेजी, जर्मनी, जापानिज, कोरियन, चाइनीज, हिब्रु लगाएतका भाषाहरु सिकाउने उनले वताइन् ।