अरुणोदय माविका १८० विद्यार्थीहरुलाई न्यानो कपडा वितरण


पोखरा । तनहुँको भिमाद नगरपालिका वडा नं. २ जिलाङ, फुलवारीमा अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आयोजना तथा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन ताइवान र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरको सहकार्यमा विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ ।


विद्यालयमा हिउँदको जाडोमा विद्यार्थी चिसोले कठाङ्ग्रीदै पढ्न वाध्य भएकोले न्यानो नर्सरीदेखि कक्षा १० सम्मका १८० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनका अध्यक्ष कृष्णबहादुर रानाभाटले वताए ।

कार्यक्रममा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन ताइवान र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरका नेपाल प्रतिनिधि यामबहादुर गुरुङले आफ्नो संस्थालाई विद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा सहकार्य गर्ने अवसर प्रदान गरेकोमा विद्यालय र क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लम्साल, विद्यालयका प्रधानाध्यापक हुवीर थापा, निवर्तमान अध्यक्ष वेलबहादुर थापाले सहयोगको समदुपयोग गर्दै आगामि दिनहरुमा पनि सहयोग अपेक्षा गरेका थिए ।


विद्यालयको तर्फबाट सहयोगी संस्था लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनका अध्यक्ष कृष्णबहादुर रानाभाट र वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन ताइवान र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरका नेपाल प्रतिनिधि यामबहादुर गुरुङलाई प्रशंषापत्र प्रदान गरेका थिए ।

क्लबका अध्यक्ष कृष्णबहादुर रानाभाट, स्विटर कार्यक्रमका संयोजक सुजित विजुक्छे, सोसल डाइरेक्टर सुब्बा घिमिरे, विव्यस अध्यक्ष घनश्याम लम्साल, प्रअ हुवीर थापाले स्विटर वितरण गरेका थिए ।

विव्यस अध्यक्ष घनश्याम लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक हुवीर थापाले स्वागत र शिक्षक अन्जना तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया