देउसी भैलोको रकमबाट विद्यार्थीहरुलाई न्यानो कपडा


पोखरा । पोखराको अमरसिंहचोकमा रहेको संयुक्त फिल्मस प्रालि तथा डान्स सेन्टरले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको रकमले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

संस्थाले आइतबार पोखरा १५ फलेपाटनको सिद्ध माबी र पोखरा १० रामबजारमा रहको कालिका माबिका न्युनआय भएका ४१ जना छात्रछात्रालाई स्विटर, उनि टोपी र गलबन्धीको सेट वितरण गरेको हो ।

दुवै स्कुलमा गई फरकफरक समयमा वितरण गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य तथा वडा नं. १५ का सदस्य तोरण वानियाँ, कालिका माविका प्रधानाध्यापक बलराम गिरि, सिद्ध माविका प्रधानाध्यापक शंकर ज्ञावलि, शिक्षक राजेन्द्र गिरि लगाएतले विद्यार्थीलाई न्यानो कपडा वितरण गरी पठनपाठनमा सहयोग गरेकोमा धन्यवाद दिदैं आगामि दिनहरुमा पनि सहयोग जारी राख्न आग्रह गरेका थिए ।

सो अवसरमा संस्थाका प्रबन्ध निर्देशक मानबहादुर गुरुङले तोरण वानियाँ, वलराम गिरी, शंकर ज्ञवाली, दरबारथोक एड्भरटाईजिङका कृष्ण रानाभाट र स्पिड एफएमका स्टेशन म्यानेजर ऋषिराम दहाललाई प्रशंषा पत्र प्रदान गरेका थिए ।
संस्थाका प्रबन्ध निर्देशक मानबहादुर गुरुङ र कार्यक्रम संयोजक प्रेम थापा लगाएतले स्थापनाको छोटो समयमा संस्थाले विभिन्न शिक्षा, स्वास्थ्य र सामाजिक कार्य गरेको वताएका थिए ।

संयुक्त फिल्मस् प्रालिको आयोजनामा खुल्ला एकल महिला पुरुष प्रतियोगिता कास्की सुपर स्टार सिजन एक सय २३ जनाले फमै भरेकोमा ४९ जना छानिएका र फाईनल माघ ५ गते हुने निर्देशक प्रेम थापाले वताए ।