स्याङ्जा माझकोटमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न


पोखरा । स्याङ्जा माझकोट सम्पर्क समिति पोखराको आयोजनामा वालिङ–३, माझकोटमा आइतबार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।


वालिङ नगरपालिका वडा कार्यालय ३ को स्थानीय ब्यबस्थापन, कालिका आमा समुहको सह– ब्यबस्थापनमा सम्पन्न सो शिबिरमा कान्तिपुर डेण्टल हस्पिटल पोखरा, हिमालय आँखा हस्पिटल पोखरा, कास्की सेवा हस्पिटल पोखरा, माझकोट स्वास्थ्य चौकीको प्राबिधिक सहयोग र नेपाल जेस्युइट पाल्पाको औषधि सहयोग रहेको कार्यक्रम संयोजक लोकेन गुरुङले वताए ।

शिबिरमा दन्त, आँखा, स्त्रीरोग र मेडिकल सम्बन्धि तिन सय ६५ जनाको स्वास्थ्य जाँच गरिएको सम्पर्क समितिका सचिव बिष्णुमाया गुरुङले वताए भने साबिक माझकोट गाविस र माझकोट माविका विद्यार्थीहरु एवम् छिमेकी गाउँवासीको स्वास्थ्य परिक्षण गरिएको समितिका अध्यक्ष सु. लोकबहादुर गुरुङले वताए ।

समितिको सक्रियतामा यस अघि माझकोट माबिमा कम्प्युटर सेट, पुस्तकालय स्थापना गरि सकेको उपाध्यक्ष सु. उमानसिङ गुरुङले बताए । साथै भाबी दिनहरूमा माझकोट स्वास्थ्य चौकीलाई आवश्यकता अनुसारको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने लक्ष्य समितिको रहेको सचिव बिष्णुमाया गुरुङले वताइन ।

शिबिरलाई बुढाकोट र खरिचौर समाज पोखरा, भिरकोट माझकोट समाज पोखरा, राम्चेली गडभाइ समाज पोखरा, बाखें समाज पोखरा, किरण होमियो तथा किरण एग्रो फार्म पोखरा, भिम गुरुङ, सुबास गुरुङ, सुरेन्द्र गुरुङ, राम गुरुङ, बिपना गुरुङ, घनश्याम गुरुङ, सु. लोकबहादुर गुरुङ, गौमाया गुरुङ, शंकर बिरही, ग्राफिक्स डिजाइन पोखरा लगायतले सहयोग गरेको कोषाध्यक्ष सु.डम्बरबहादुर गुरुङले वताए ।