अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा अन्तरकृया


पोखरा । अन्तर्राष्ट्रिय आप्रवासन दिवस १८ डिसेम्बर २०१८  को अवसरमा आत्मसम्मान सहितको आप्रवासन भन्ने नाराका साथ पोखरा महानगरपालिकाको आयोजनामा सरोकारवालाहरु बिच अर्न्तकृया कार्यक्रम  सम्पन्न गरेको छ ।


महानगरपालिकाका कार्यकारी अधिकृत शेषनारायण पौडेलले वर्तमान समयमा आप्रवासीको स्थितिको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


सो अवसरमा पत्रकार महासंघ नेपाल कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, वैदेशिक रोजगारबाट स्वदेश फिर्ताहरुको संस्था एशियन फोरम गण्डकी प्रदेशका सचिव कृष्ण रानाभाट, पौरखी कास्कीकी सचिव तारा गुरुङ, वैदेशिक रोजगार प्रतिनिधि तथा शाखा संरक्षण संघ कास्कीका जगत मोहन गिरी, माया गुरुङ मनाङे, जुना केसी, रेणु गुरुङ, शान्तिको लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु वराल, जिल्ला प्रशासन कार्यलय कास्की, सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत, नागरिक समाज पोखराका प्रतिनिधिलगाएतले आफ्ना भनाई राखेका थिए ।


पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसिको अध्यक्षतामा भएको कार्यक्रमको समापन सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले र कार्यक्रम संचालन महिला विकास अधिकृत कल्पना सापकोटाले गरेका थिए ।