कामना बैंकद्वारा आमा समूहलाई डस्ट्विन प्रदान


पोखरा । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा–२, अर्चलवोटस्थित अर्चलबोट आमा समूहलाई आईतबार डस्ट्विन लगायतका सरसफाइका सामग्री प्रदान गरेको छ ।


बैंकका सञ्चालकद्धय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णुराज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।


सोही अवसरमा बैंकका सञ्चालक चतुराखर अधिकारीेले स्वच्छ सफा पोखरा अभियान अन्र्तगत पोखरा महानगरपालिका वडा नं. २ अन्तर््ागतका सडकहरुमा सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामाग्रीहरु प्रदान गरिएको बताउँदै त्यसको पूर्ण सदुपयोग हुने विश्वास व्यक्त गरे।


वडाध्यक्ष रामेश्वर मल्लले बैंकबाट प्राप्त सामग्रीको सहि सदुपोग गरिने जानकारी गराउदै वडाको सरसफाइ अभियानमा आमा समुहले खेलेको भुमिका तथा बैंकको सहयोग महत्वपूर्ण रहेको वताए ।


बैंकको १२ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत बैंकले जीवनका लागि भोजन नेपाल, भद्रकाली प्राथमिक विद्यालय, नेपाल अर्पान हाउस, महर्षि गुरुकुल वेद विद्याश्रम, कल्याण आधारभुत विद्यालय तथा लेखनाथ आधारभुत विद्यालय लगायतका विभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा जिन्सी सामाग्री सहयोग उपलब्ध गराएको स्मरण गर्दै आगामी दिनहरुमा यसप्रकारको सहयोगलाई निरन्तरता दिइने जानकारी गराए ।


बैंकका सञ्चालक देवकृष्ण काफ्ले बैंकले प्रदान गरेको सहयोगको पूर्ण सदुपयोग हुने विश्वास ब्यक्त गर्दै बैंकको वर्तमान अवस्था तथा यसले प्रदान गर्दै आएको सेवा सुविधाको बारेमा जानकारी गराए ।


बैंकका पूर्व अध्यक्ष राजेन्द्रनिधि कोइरालाले बैंकले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै बैंक नाफामुखि मात्र नभएर सामाजिक रुपमा पनि उत्तरदायी रहेको जानकारी गराए ।


अनन्ता सामुदायिक सेवा समितिकी अध्यक्ष शर्मिला रेग्मी र विन्ध्यवासिनी मा. वि. का प्रार्चाय बसन्तराज पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।समाजसेवी भिमराज रेग्मी, बैंकका चिप्लेढुङ्गा शाखाका प्रवन्धक विश्वराज अधिकारीले वोलेका थिए ।


पोखरा महानगरपालिका वडा नं. २ का वडाअध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा अर्चलबोट आमा समूहकी अध्यक्ष कल्पना पराजुलीले स्वागत मन्तब्य र संचालन वडा सदस्य गौतम बिजुक्छले गरेका थिए ।