कास्की सुपर स्टारको फाइनलमा ३० जना छनौट


पोखरा । संयुक्त फिल्मस प्रालि तथा डान्स सेन्टर अमरसिंह चोकको आयोजनामा भएको कास्की सुपर स्टार २०७५ सिजन १ को फाइनलमा ३० जना छनौट भएका छन् ।

शनिबार सेन्टरको स्टुडियोमा भएको एकल महिला तथा एकल पुरुष गायन र नृत्य अडिसनमा ५० जनाले आफ्नो प्रतिभा प्रस्तुत गरेका प्रबन्धक प्रेम थापाले बताए ।

सो अबसरमा नृत्यतर्फ  २० गायनतर्फ १० जना सेमिफाइनलमा ३० जना फाइनलमा छनौट भएका हुन् । ।

आफ्नो प्रतिभालाई प्रस्फुटन गरौं, मौलिक कला र संस्कृतिको जगेर्ना गरौं भन्ने भावनाले ओतप्रोत भइ कास्की जिल्ला स्तरीय नृत्य तथा गायन प्रतियोगिता गरिएको प्रबन्ध निर्देशक मानबहादुर गुरुङले बताए ।

कास्की सुपर स्टार टाइटल बिजेताले चलचित्र वा म्युजिक भिडियोमा खेल्न पाउनुका साथै ५० हजार नगद, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र चौथो हुनेले १० हजार नगद साथमा सर्टिफिकेट, ट्रफी र गिफ्ट ह्यम्पर प्रदान गरिने आयोजकले बताए ।