स्पेनमा ल्होसार मनाईदै



बार्सिलोना/तमु समाज स्पेनले ल्होसार बिशेष कार्यक्रमको आयोजना गरेको छ। हरेक बर्ष स्पेनबासी नेपालीहरु माँझ ल्होसार मनाउदै आएको समाजले यसबर्ष पनि शुभकामाना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।

मंगलबार बार्सिलोनामा एक कार्यक्रमका बीच ल्होसार मनाउन लागेको समाजका अध्यक्ष गौतम गुरुङले जानकारी दिए। “हरेक बर्ष जस्तै यसपटक पनि ल्होसार मनाउदै छौ। तमुजाती लगायत स्पेनबासी नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गर्दछु।’ गौतमले भने।

कार्यक्रममा कलाकारहरुले गुरुङ् गीतहरु लगायत नेपाली मौलिकता झल्काउने गीत संगीतहरु प्रस्तुत गर्ने भएका छन्। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ।

कार्यक्रम बारे पूर्ण बिबरण :-

  • मिति:- २५ डिसेम्बर २०१८,मंगलबार
  • समय:- साँझ ४:३० बजे देखि राति ११:३० बजेसम्म
  • स्थान:- solaris Banquete c/Tarragona 177
  • Metro L3 (tarragona), L5 (sant estacion)