फो ल्होको शुभकामना आदानप्रदान कार्यक्रम


पोखरा । तमु ल्होछार (फो ल्हो ) २०७५ कोे अबसरमा तमु धिं नेपाल केन्द्रिय आमा समितिको आयोजनामा बुधबार पोखरामा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले उद्घाटन गर्दै नेपाल बहु जाती, बहुभाषाभाषीको देश भएकोले सबै जाती तथा समुदायले मनाउने चाडपर्व सबै नेपालीका धरोहर भएको वताउँदै राज्यले हरेक रिति रिवाज र धर्म संस्कृतिको जगेर्ना गर्नुपर्ने वताए ।

सो अवसरमा तमु धी नेपालका अध्यक्ष तथा तमु धिं नेपाल केन्द्रिय आमा समितिकी संरक्षक कर्म तमु, बौद्ध अर्घौ सदनका अध्यक्ष तथा सामुहिक (फो) तमु ल्होछार÷ल्होसार मुल आयोजक समितिका संयोजक भुवन सिं गुरुङ, सल्लाहाकार तथा सञ्चरकर्मी हुम बहादुर तमु लगाएतले संघिय तथा स्थानिय सरकारले तमु जातीको महान पर्वको अवसरमा वर्षको एक दिन सार्वजनिक विदा नदिएर अन्याय गरेको वताउँदै हरेक वर्ष दिदैं आएको विदा लाई निरन्तरता दिन सम्बन्धित निकायको ध्यानकर्षण गराएका थिए ।

कार्यक्रममा याङ्जाकोट तमु आमा समिति, पैंयुखोला तमु आमा समिति लगाएतका आमा समितिहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

केन्द्रिय आमा समुहकी अध्यक्ष हरिमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पन्च कुमारी गुरुङले र संचालन सहसचिव बालकुमारी तमुले गरेका थिए ।