केन्दो खेलमा नेपाललाई अन्तराष्ट्रिय पदक


राजाराम पाैडेल, पाेखरा-थाइल्याण्ड तथा भियतनाममा भएको केन्दो खेल प्रतियोगीतामा नेपालले अन्तराष्ट्रिय पदक जितेको छ । थाइल्याण्डमा भएको प्रतियोगीतामा नेपालका अमित कुमार चौधरीले केन्द्रो खेलमा नेपालको लागि पहिलो अन्तराष्ट्रिय पदक जिते । उनी केन्द्रोको थर्ड डन प्राप्त गर्ने पहिलो खेलाडी समेत बने । भियतनाममा भएको महिला एकल प्रतियोगीतामा नेपाली खेलाडी कमला लामाले उत्कृष्ट खेल प्रर्दशन गर्दै नेपाललाई पदक दिलाउन सफल बनिन् । यसैगरी पुरुष एकल प्रतियोगीतामा नेपालका दिपेश डंगोलले फाइटिङ स्प्रिट पदक जितेको नेपाल ईआईदो तथा केन्दो संघका महासचिव केशव कृष्ण डंगोलले जनाए ।


नेपालबाट संघका महासचिव केशव कृष्ण डंगोलको नेतृत्वमा केन्द्रिय सदस्य सन्तोष घिमिरे, कास्की अध्यक्ष महेश्वर रिमाल, खेलाडीहरु अमित कुमार चौधरी, दिपेश डंगोलल शैलेन्द्र श्रेष्ठ र कमला लामा टोली प्रतियोगीतामा सहभागी हुन त्यसतर्फ गएको थियो । प्रतियोगीता डिसेम्बर ८ र ९मा थाइल्याण्ड तथा डिसेम्बर १५ र १६ मा भियतनाममा भएको थियो ।
जापानीज खेल केन्दो वि.स. २०५८ मा नेपालमा भित्रिएको हो । हाल विश्वका १ सय १० देशमा यो खेल खेलिन्छ