“कपुरी क” जनवरी पहिलो साता बार्सिलोनामा


बार्सिलोना। झन्डै एक दशक देखी स्पेनलाई कर्मथलो बनाएका कलाकार प्रकाश तिबारीद्वारा अभिनित नेपाली चलचित्र ‘कपुरी क’ बार्सिलोनामा प्रदर्शन गरिने भएको छ । नयाँ बर्षको अबसरमा जनवरी पहिलो साता स्पेनबासी नेपाली समुदाय माँझ चलचित्र प्रर्दशन गर्न लागिएको हो ।

गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र स्पेनको प्रर्दशन पछि युरोपभर देखाईने भएको छ । मुख्य पात्र समेत रहेका कलाकार तिवारी भन्छन् ”बिदेशका तिता मिठा अनुभवहरु यही भोगेको छु, यही समुदाय अघि पर्दामा आँफुलाई उतार्न पाउदा निकै उत्साहित बनेको छु । आशा छ यहाँहरुको अपार माया र हौशला बटुल्ने छु ।” स्पेन निबासी कलाकार तिवारीले यसै चलचित्र मार्फत डेब्यु गरेका हुन् । मिडियाकर्मी समेत रहेका कलाकार तिवारीले यसअघि विभिन्न टेलीचलचित्रमा अभिनय, सह निर्देशन तथा लेखन गर्दै आएका थिए।

उनले चलचित्रबाट उठेको केही रकम नेपालको दुर्गम भेगका स्कुलहरुमा बिपन्न छात्रछात्राहरुका लागि पाठ्यसामग्री उपलब्ध गराउने बताएका छन् । थुप्रै चेतनामुलक टेली चलचित्रहरु निर्देशन गरेर आफ्नो छुट्टै छवी बनाएका कलाकार तथा निर्देशक सबिन बास्तोला ‘गिरधारी’ ले चलचित्रको निर्देशन गरेका हुन् ।

प्राय सन्देश मुलक चलचित्रहरु निर्देशन गर्दै आएका निर्देशक बास्तोलाले निर्देशन गरेको पछिल्लो चलचित्र ‘कपुरी क’ लाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि उनले जातीय छुवाछुत सम्बन्धि कथालाई समेटेर सुनपानी बनाएका थिए। जुन चलचित्रलाई बिकाश बोर्डबाट बार्षिक रुपमा दिईने बिशेष अवार्डबाट सम्मान गरिएको थियो।

चलचित्रमा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्त कुमार थापा मगरको कोरियोग्राफी रहेको छ, भने विभिन्न नयाँ तथा पुराना कलाकारहरुको अभिनय रहेको छ । यता थुप्रै नेपाली चलचित्रहरुलाई माया र हौसला दिदै आएको स्पेनको नेपाली समुदायले आँफैले जन्माएको कलाकारलाई प्रोत्साहन दिनेमा कलाकार तिवारी ढुक्क देखिन्छन् ।

चलचित्र प्रदर्शन बारे बिबरण:-
मिति:- ७ जनवरी, सोमबार
चलचित्र हल:- जिरोना सिनेमा हल बार्सिलोना
टिकट शुल्क:- १० युरो समय:- दिउँसो ४: ४५ बजे